यससँगै खाडीका"/>
वैशाख १७, काठमाडौं | कतारमा नेपाली सहित बिदेशी कामदारलाई सहयोग गर्न आईएलओ (अन्तर्राष्ट्रिय श्रम संगठन) को कार्यालय स्थापना भएको छ ।
यससँगै खाडीका ६ देशमध्ये कतारले पहिलो पटक आईएलओको कार्यालय स्थापना गरेको हो । खाडीमै पहिलो कार्यालय स्थापना भएपछि कतार कामदारको सुरक्षा र अधिकारप्रति गम्भीर छ भन्ने संदेश गएको कतारी अधिकारीहरुले जनाएका छन् । साथै कतारले आधुनिक श्रम व्यवस्थालाई समेत अवलम्बन गर्ने जनाएको छ ।
कतार नेपालीहरुको लागि आकर्षक गन्तव्य हो । अब यस कार्यालयमा नेपालीसहित बिदेशी कामदारहरुले आफ्नो श्रम अधिकार तथा समस्याबारे उजुरी दिन पाउने भएका छन् ।
कार्यालय स्थापना भएपछी कतारमा काम गर्ने बिदेशी कामदारहरुलाई सुरक्षा र श्रमको सहज वातावरणमा टेवा पुर्याउन सकिने विश्वास गरिएको छ ।
आईएलओ स्थपना भएसँगै कतारमा काम गर्ने कामदारले अन्तर्राष्ट्रिय प्रणाली अनुसार आफ्ना समस्या, आप्रावसी कामदारको अधिकारको प्रत्याभूति गर्न पाउने अवसर पाउने भएका छन् ।