२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्री भिसा फ्री टिकट त भनाइ मात्रै, यसरी ठगिन्छनन् युवा

२४ बैशाख २०७५, सोमबार १०:१५

मीना घोरसाइने/वैशाख २३, काठमाडौँ | काभ्रेपलाञ्चोक जिल्लाका एक युवा वैदेशिक रोजगारीको सिलसिलामा एक वर्षअघि कुवेत जाने निर्णय गर्नुभयो । हरि नामको मान्छेलाई उहाँले भेट्नु भएपछि उहाँ काठमाडौँकै रोजगारदाता कम्पनीमा पुग्नुभयो । 

कम्पनीमा पुग्नुभएको एक हप्तापछि नै उहाँको विदेश जानका लागि प्रक्रिया अघि बढाइयो । प्रक्रिया बढाएको एक महिना नबित्दै उहाँ कुवेत पुग्नुभयो । पीडित थापा भन्नुहुन्छ, “सरकारले फ्री भिसा फ्री टिकट भनेको मात्र रहेछ, रोजगारदाता कम्पनीले एक लाख ७० हजार असुलेको थियो ।” उहाँ थप्नुहुन्छ, “उताबाट राम्रो तलब र खान बस्नको सुविधा भने पनि यता न भनेको सुविधा छ न त तलब नै ।” सरकारले भनेको कुरा नीतिमा मात्र सीमित भएको गुनासो उहाँ पोख्नुहुन्छ । 

थापाजस्तै उक्त कम्पनीमा हजारौँ युवा उस्तै समस्या भोग्न बाध्य छन् । उनीहरुको समस्या सुन्ने न त कुनै आधिकारिक निकाय छ न त दूतावासमा नै गएर आफ्नो गुनासो सुनाउन सक्छन् । कसैसँग आफ्नो गुनासो सुनाए बेरोजगार बनाएर छाडिदिने गरेको गुनासो उक्त कम्पनीमा कार्यरत काभ्रेकै अर्का पीडितले बताउनुभयो । 

केही दिनअघिको घटनालाई स्मरण गर्दै उहाँले सुनाउनुभयो, “कम्पनीले वार्षिकोत्सवको आयोजना गरेको थियो, सो समारोहमा सहभागी गराइएकामध्ये दुई÷तीन जनाले कम्पनीमा आफूले भोग्नुपरेको समस्या बताउँदा कामबाटै निकालियो ।” 

कम्पनीमा काम गर्ने कामदारलाई आठ घण्टा मात्र काम लगाउने भन्ने सम्झौतापत्रमा उल्लेख भए पनि दैनिक १२ घण्टासम्म काम गराउने गरेको उहाँले जानकारी दिनुभयो । नेपालबाट रोजगारदाता कम्पनीले पनि मनोमानी रुपमा काम गरिरहेको गुनासोसमेत उहाँले पोख्नुभयो । हाल उक्त कम्पनीमा नेपाली, भारतीय र इजिप्टका गरी छ हजारभन्दा बढी पीडित रहेको पीडित सन्तोषले बताउनुभयो । 

सरकारले वैदेशिक रोजगारीका लागि जानेका लागि ल्याएको फ्री भिसा फ्री टिकट व्यावहारिक हुन नसक्ने वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङले बताउनुभयो । गुरुङ भन्नुहुन्छ, “रोजगारदाता कम्पनीका लागि सरकारले नै छुट्टै व्यवस्था ल्याए मात्र व्यावहारिक हुन सक्छ ।” 

कुनै एउटा कम्पनीले गरेको गलत कामका आधारमा सबैलाई गलत भन्न नमिल्ने उहाँले बताउनुभयो । “यदि कुनै कम्पनीले ठगी गरेको खण्डमा रोजगारदाता कम्पनीलाई खारेजसमेत गरिन्छ,” उहाँले थप्नुभयो । श्रमिकले दुःख पाउनुमा रोजगारदाता कम्पनी, श्रमिकले काम गर्ने कम्पनी र विदेशी राजदूतावास पनि जिम्मेवार हुने गरेको उहाँको ठम्याइ छ । सरकार, रोजगारदाता कम्पनी र राजदूतावास समन्वय गरेर हिँड्नु आवश्यक रहेको उहाँले बताउनुभयो । 

वैदेशिक रोजगार विभागले श्रमिकलाई ठक्ने कम्पनीलाई तीन पटकसम्म सजायको भागिदार बनाइने तर चौथोपटकमा भने खारेज गरिने विभागका प्रमुख भुवन आचार्यले बताउनुभयो । 

विभागले गर्न लागेको भावी योजनाका बारेमा उहाँले भन्नुभयो, “वैदेशिक रोजगारमा संलग्न नेपाली एजेन्टलाई कारबाहीको दायरामा ल्याउन देशभित्रका जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधानको व्यवस्था गर्न लागिएको छ ।” 

मन्त्रिपरिषद्को निर्णयअनुसार छ वटा प्रदेशमा पनि संरचना विस्तारका लागि तयारी भइरहेको छ । रोजगारदाता कम्पनी मात्र नभई श्रमिक स्वयम् पनि वैदेशिक रोजगार ठगीमा महत्वपूर्ण ठहरिन्छन् । ठगिनुको प्रमुख कारणमध्ये अशिक्षितले नजानेर र शिक्षित छिट्टै रोजगारी पाउने लालसा पनि हुन सक्छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान