२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार मागपत्र दुतावासबाट अनिवार्य प्रमाणीकरण गर्नुपर्ने मन्त्रीपरिषदको निर्णय

२४ बैशाख २०७५, सोमबार १६:३६

बैशाख २४,काठमाडौं | वैदेशिक रोजगार मागपत्र सिफारिस निर्देशिका २०७५ लाई मंत्रिपरिषद्ले स्वीकृति गर्ने निर्णय गरेको छ । सोमबार सांझ बसेको मन्त्रीपरिषको बैठकले पारित गरेको निर्देशिका अनुसार अब म्यानपावर कम्पनीले विदेशबाट ल्याउने हरेक डिमाण्ड नेपाली दुतावासबाट अनिवार्य प्रमाणीकरण गर्नुपर्ने भएको छ ।

बैदेशिक रोजगार  नयाँ निर्देशिका अनुसार चेम्बर अफ कमर्श र नोटरी पब्लिकले प्रमाणित गरेका डिमाण्डमा नेपाली दूतावासको सिफारिश अनिवार्य गरिएको छ । वैदेशिक रोजगारमा जाने मुलुकको आधिकारिक निकाय वा कुटनीतिक नियोग वा श्रम सहचारीले प्रमाणित गरेको डिमाण्डमा दूतावासको सिफारिश अनिवार्य गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले साझा सवाललाई जानकारी दिए  ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीले ल्याउने  वैदेशिक रोजगार मागपत्र सिफारिस निर्देशिका २०७५ स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको थियो  ।

मन्त्रिपरिषद्ले पारित गरेसंगै अब  राजपत्रमा सूचना प्रकाशित भएपछि यो निर्देशिका कार्यान्वयनमा आउँनेछ  । निर्देशिकामा चेम्बरअफ कर्मश र नोटरी पब्लिकले प्रमाणित गरेका डिमाण्ड छानविन र स्वीकृत गर्ने विस्तृत कार्यविधि उल्लेख गरिएको छ । 

निर्देशिकामा वैदेशिक रोजगार ऐन २०६४ को दफा १५ कोउपदफा (क) को(च)मा रहेको वर्तमान व्यवस्थालाई नयाँ तरिकाले कार्यान्वयनमा लैजाने योजना बनाइएको छ । वर्तमान ऐनको उक्त दफामा वैदेशिक रोजगारमा जाने मुलुकको आधिकारिक निकाय वा कुटनीतिक नियोग वा श्रम सहचारी वा चेम्वर अफ कमर्स वा नोटरी पब्लिक मध्येएक निकायबाट प्रमाणित गरिएको मागपत्र र अख्तियारनामाको सक्कल प्रति पूर्वस्वीकृतिका लागि पेश गर्नु पर्ने व्यवस्था छ ।

त्यस्तै मन्त्रिपरिषद बैठकले कारागार सम्बन्धि प्रचलित कानूनलाई संसोधन र एकीकृत गर्न विधेयक तर्जुमा गर्न सैदान्तिक स्वीकृति दिने निर्णय गरेको छ साथै बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रम पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान