२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबमा एक नेपालीको मृत्यु

२०७५, २७ बैशाख बिहीबार ०६:१४

 वैशाख २७ राजविराज | वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका एक युवकको मंगलबार राति मृत्यु भएको छ । 

सप्तरी जिल्लाको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारजनलाई उध्दृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजका मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिनुभयो । उनी २०७३ असार ९ गते साह मिडल इस्ट म्यानपावर कम्पनी, काठमाडौँमार्फत साउदी अरब गएका र त्यहाँको अल्फानार कन्स्ट्रक्सन कम्पनीमा कम्प्यूटरसम्बन्धी काम गर्दै आएका थिए । 

सञ्जय सो कम्पनीमा काम गरी आफ्नै डेरामा खाना खाएर सुतेका तर बुधबार बिहान साथीहरुले उठाउन जाँदा उनी मृत अवस्थामा फेला परेको सञ्जयका दाई उमेश साहले बताउनुभयो । 

यसैबीच, मृतक साहको साउदीबाट शव ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनको परिवारजनले आग्रह गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते