२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरव गएका नेपाली श्रमिकहरुलाई दुतावासको यस्तो अनुरोध

२० मंसिर २०७५, बिहीबार १४:२१

मङ्सिर २०, काठमाडौँ (रासस) | साउदी अरबको रियादस्थित नेपाली दूतावासले रोजगारीका क्रममा कुनै समस्या आइपरे दूतावासमा सम्पर्क गर्न सम्पूर्ण नेपाली श्रमिकलाई अनुरोध गरेको छ । 

रोजगारदाता कम्पनीले श्रमिकको तीन महीनासम्म काम नपाउने वा नवीकरण नगर्ने र पारिश्रमिक भुक्तानी नगरे त्यसबारे जानकारी गराउन दूतावासले आग्रह गरेको छ । करार अवधि सम्पन्न हुनुभन्दा कम्तीमा दुई महीनाअगावै कामदारले लिखित अनुरोध गर्दा पनि पुनःप्रवेश वा बर्हिगमन प्रवेशाज्ञा नदिएमा त्यससम्बन्धी जानकारी र अभिलेख दूतावासमा उपलब्ध गराउनसमेत आग्रह गरिएको छ । 

दूतावासले श्रमिकको समस्या समाधानका लागि साउदी अरबको कानूनबमोजिम कामदार र रोजगारदाताबीच सहमति गराउने तथा श्रम अदालतमा मुद्दा दायर गर्न सहजीकरण गर्ने कार्य गर्दै आएको छ । बर्हिगमन वा पुनःसाउदीमै काम गर्ने प्रवेशाज्ञाका लागि आवश्यक प्रक्रिया र विकल्पमा जाने विषयमा सुझाव र सहजीकरण गर्ने काम भइरहेको दूतावासले जनाएको छ । 

नेपाली कामदारमाथि पर्नसक्ने समस्याका बारेमा जानकारी दिन साउदीका विभिन्न स्थानमा नेपाली श्रमिकलाई भेला गराई अभिमुखीकरण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको दूतावासको भनाइ छ । 

श्रमिकका साउदीबारे सम्पूर्ण जानकारी नहुँदा र अनावश्यक आश्वासनका आधारमा रोजगारीमा जाँदा समस्या सिर्जना हुने गरेको छ । दूतावासले नेपालबाट साउदी आउँदा अभिमुखीकरण तालीम लिइ, कम्पनीको अवस्था र रोजगारदातासँग भएको सम्झौतापत्रको अध्ययन गरेरमात्र रोजगारीमा आउन अनुरोध गरेको छ । 

दूतावासले नेपाली श्रमिकमाथि कुनै समस्या आइपरे रोजगारदाता कम्पनी, साउदी सरकारको आधिकारिक निकाय, श्रम कार्यालय, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय एवं आन्तरिक मामिला मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने गरेको छ । 

हाल साउदी अरबमा करीब तीन लाख ५० हजार नेपाली श्रमिक काम गरिरहेका छन् । ती श्रमिक विभिन्नस्तर र प्रकृतिको कम्पनीमा आउने गरेका छन् । हाल माग प्रमाणीकरण दूतावासको कार्यक्षेत्रमा अनिवार्य भएकाले पनि समस्याग्रस्त कम्पनी तथा इजाजतपत्रले समस्या समाधान नगरेसम्म दूतावासबाट दिने सेवा रोक्का गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान