२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा कार्यरत विदेशी कामदारलाई नयाँ नियम लागू, यी हुन् कामदारले पाउने सुविधा

२०७५, १३ पुष शुक्रबार ०७:४५

पुस १३, काठमाडौं  । मलेसियाको रोजगारदाता(कम्पनी)हरुले विदेशी कामदारहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा संस्था (SOCSO) मा दर्ता गराउनु पर्ने नयाँ व्यवस्था लागू हुने भएको छ । हाल विदेशी श्रमिक क्षतिपूर्ति योजना (FWCS) अन्तर्गत रहेकोमा सन् २०१९ जनवरी १ देखि विदेशी कामदारहरुलाई सामाजिक सुरक्षा संस्थामा आवद्व गर्ने व्यवस्था मलेसिया सरकारले गरेको हो ।

अबदेखि रोजगारदाताले सामाजिक सुरक्षा बापत श्रमिकको मासिक न्युनतम पारिश्रमिकको १.२५ प्रतिशत रकम सामाजिक सुरक्षा संस्थामा बुझाउनुपर्नेछ। यो रकम कामदारले तिर्नुनपर्ने साथै रोजगारदाताले कामदारको तलबबाट कटाउन पनि नपाउने व्यवस्था गरिएको छ ।  

सामाजिक सुरक्षा संस्था मार्फत दर्ता भएका कामदारहरुले स्वास्थ्य उपचार, स्थायी तथा अस्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ता तथा अन्तिम संस्कार सुविधा, सहयोगी भत्ता र पुन: स्थापना सुविधा प्राप्त गर्ने मलेसिया स्थित नेपाली दुतावासले जनाएको छ। 

यो सुविधा मलेसियामा बैधानिक रुपमा बसेका कामदारहरुले मात्र प्राप्त गर्न सक्ने जनाइएको छ । मलेसियामा हाल कार्यरत नेपाली कामदार तथा मलेसिया जाने तयारीमा रहेकाहरुले आ-आफ्नो रोजगारदातासंग सम्पर्क गरि आफुलाई सामाजिक सुरक्षा संस्थामा दर्ता गराउन मलेसिया स्थित नेपाली दुतावासले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित