२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट फर्किएका युवाको पहिलो भेला सम्पन्न, यस्ता भए निर्णय

१७ पुष २०७५, मंगलवार १६:१४

पुस १७, काठमाडौँ (रासस) | सरकारले विदेशबाट फर्कने नेपाली युवालाई प्रदान गर्ने रु दश लाखबाट आफूले सिकेको सीपलाई सदुपयोग गराउने उद्देश्यका साथ मलेसियाबाट फर्किएका युवाको पहिलो राष्ट्रिय भेला आज सम्पन्न भएको छ । 

स्वरोजगारबाट देशको अर्थतन्त्रमा सहयोग गर्ने उद्देश्यका साथ भेलाको आयोजना गरिएको हो । ‘मलेसिया रिटर्नी समाज नेपाल’ देशका ७७ वटै जिल्लाबाट मलेसियामा गई रोजगारी गरेर फर्किएका युवाका लागि सो भेलाको आयोजना गरेको हो । 

विशेष गरी खाडी मुलुकमा गएर फर्किएका नेपाली युवाका पक्षमा नेपाल युवा परिषद्ले गरेको प्रयासबाट नै रु १० लाख सहुलियत ऋण दिने व्यवस्था सरकारले गरेको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो । 

“विकसित मुलुकमा बस्ने नेपालीले आफू नेपाली भएकामा आफैँलाई धिक्कार्छन्, तर जो खाडी मुलुकमा गएर काम गर्छन्, उनीहरु समृद्ध नेपालको सपना लिएर स्वदेशमै फर्कन्छन्”, ढुङ्गेलले भन्नुभयो । 

युवा परिषद्को तथ्याङ्कअनुसार २४ प्रतिशत अर्धदक्ष जनशक्ति विकसित मुलुकमा छन् भने ७० प्रतिशत युवा खाडीमुलुकमा काम गरिरहेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा निःशुल्करुपमा फारम वितरण गराउँदा पनि ठगीका घटना अगाडि आइरहेको बोर्डका कार्यकारी प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । “नेपालभित्रै श्रमको सम्मान गर्ने परिपाटीको विकास हुने हो भने सायद कुनै पनि युवालाई विदेश जानुपर्ने थिएन् होला”, उहाँले भन्नुभयो । 

नेपालभित्रै उद्यमशीलताको विकास गर्नु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पुनःविदेश जाने बाध्यात्मक स्थितिबाट माथि ल्याउन सचेतना दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रिटर्नी समाज नेपालका बुद्धि भट्टराईले जानकारी दिनुभयो । 

भेलाले वैदेशिक रोजगारीबाट फर्किएकालाई एकत्रित गरी समूह गठन गरेर आप्रवासीको राष्ट्रिय सञ्जाल गठन गर्ने, विदेशबाट फर्किएकाको परिवारमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने, विदेशबाट फर्किएकाको सामूहिक लगानीको सम्भावना खोज्ने, सङ्घ, प्रदेश र स्थानीय सरकारलाई नीतिगत तथा कार्यक्रमगत सुझाव उपलब्ध गराउने एवम् विदेशबाट सिकेको सीप, अनुभव र लगानीलाई देश विकासमा लगाउन रणनीतिक बहसमार्फत सङ्घ, प्रदेश र स्थानीय सरकारलाई सुझाव पेश गर्ने उद्देश्यसमेत भेलाको छ । 

भेलाले २१ जनाको कार्यसमितिसमेत चयन गरेको छ । अध्यक्षमा राजेश श्रेष्ठ, उपाध्यक्षमा विनोद खड्का, महिला उपाध्यक्षमा कोपिला कार्की, महासचिवमा रामचन्द्र नेपाल, सचिवमा विष्णुहरि भण्डारी र कोषाध्यक्षमा प्रकाश क्षेत्री रहनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान