२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘फ्रि भिसा फ्रि टिकट’ लागू गराउन सर्वोच्चको आदेश

२०७५, १८ पुष बुधबार ०३:२०

पुष १८, काठमाडौं | ‘फ्रि भिसा फ्रि टिकट’ नीतिको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन तथा संयन्त्र बनाउन सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको

छ । 

सोमबार सर्वोच्च अदालतले सरकार तथा श्रम मन्त्रालयलगायत सम्बन्धित निकायका नाममा आदेश जारी गरेको हो ।

'फ्री भिषा, फ्री टिकट' कार्यान्वयन किन भएन ? 

तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेक बहादुर गुरुङको पहलमा नेपाल सरकारले 20७२ असार २१ देखि मलेसिया सहित खाडीका ६ देशमा वैदेशिक रोजगारमा जाने कामदारलाई  निःशुल्क भिसा र निःशुल्क टिकटको निर्णय लागू गरेको थियो । 

उक्त निर्णय कार्यन्वयन नै गर्न नसक्ने स्वयं वैदेशिक रोजगार व्यवसायीहरुले बताउने गरेका छन् । व्यवसायीहरुले यस्तो निर्णय लागू गर्नु अघि सरकारले व्यवसायी, रोजगारदाता मुलुकहरुसँग प्रयाप्त छलफल नगरेको कार्यन्वयनमा समस्या भएको  म्यानपावर व्यवसायीहरुले बताउंदै आएका छन् । 

म्यानपावर कम्पनीहरुले दुई देश बिचको श्रम सम्झौता नभईकन सरकारले फ्री भिषा /फ्री टिकटको व्यवस्था कार्यव्ययन हुन सक्दैन भनेर पटक-पटक भने पनि सरकारले हचुवामा निर्णय गरिदिदा समस्या आएको बताउँछन् । 

म्यानपावर व्यवसायीहरुको अनुसार एउटा कामदार पठाउन कार्यालय लागत खर्च टिकटको बाहेक ६५ देखि ७० हजारको बिचमा पर्दछ । यो रकम बाहेक बढि लिने कार्य पनि हुने गरेको म्यानपावर स्वीकार गर्छन । एजेन्टको कारण पनि बैदेशिक रोजगारीमा जानेको लागत बढ्ने गरेको छ । एजेन्टले नै १० देखि डेढ लाख सम्म लिने गरेको म्यानपावर कम्पनीहरुले बताउँछन् । 

कामदार एजेन्टबाट विदेश जानहुदैन भन्ने अधिकांश म्यानपावरको चाहना छ तर कतिपय म्यानपावर कम्पनीहरुले मोटो रकम अशुली गर्नको लागि एजेन्टबाट मात्र कामदार लिने गरेको पनि पाइएको छ । 

फ्री भिषा फ्री टिकटको कार्यान्वयनको लागि व्यवसायीहरुले बैदेशिक रोजगारीमा जाने देशहरुमा द्रिपक्षिय श्रम सम्झौता, स्वदेशमा हुने ठगि नियन्त्रण,पासपोर्ट बनाउनु पुर्व नै अभिमुखीकरण तालिमको व्यवस्था गर्न सुझाव दिएका छन् । 

'फ्री भिषा, फ्री टिकट' कार्यान्वयन नहुनुमा को दोषी ? 

'फ्री भिषा, फ्री टिकट' कार्यान्वयन नहुनुमा म्यानपावर ब्यावसायीहरूनै मुख्य दोषी हुन् । तात्कालीन श्रम राज्य मन्त्री टेक बहादुर गरुङले सुन्य लागत भनेर हचुवाको भरमा एकतर्फीरुपमा निर्णय लागु गरेको अवस्था र उक्त अवस्थालाई कार्यान्वयनमा कडाई गर्न नसक्नु सरकारको पनि ठुलो दोष देखिन्छ । तात्कालीन श्रम राज्य मन्त्री टेक बहादुर गरुङले 'फ्री भिषा, फ्री टिकट' लागु गरेर अर्को तर्फ बायोमेट्रिक, भिएलएन जस्ता कामदारलाई प्रत्यक्ष भार पर्ने संस्था भित्र्याउने काम समेत गरेको म्यानपावरहरुको आरोप छ । 

सरकारी तवरबाट चलखेल र दबाब कै बिचमा सयौं नयाँ म्यानपावर कम्पनीहरुलाई लाइसेन्स दिने काम भएको थियो, जसको कारण विदेशबाट नेपाली कामदारको मागका लागी अस्वस्थ प्रतिस्प्रधा सुरु भएको बताइन्छ । सरकारले खुलेका म्यानपावरहरुलाई अनुशासित गर्न नसकेको अवस्थामा नयाँ लाइसेन्स दिएर थप बेथिति सृजना गर्ने काम गरेको केहि व्यवसायीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित