पुस २४, काठमाडौं । वैदेशिक रोजगारका लागि युनाइटेड अरब इमिरेट्स (युएई ) पुगेका २ सय नेपाली जेलमा परेका छन्। नेपाली राजदूतावास आबुधावीले सन् २०१८ को डिसेम्बर महिनामा युएईका ७ वटा इमिरेट्समा रहेका ८ वटा केन्द्रीय कारागारको भ्रमण गरी तयार पारेको रिपोर्ट अनुसार २ सय नेपाली विभिन्न जेलमा रहेका छन्।
सारजाहको सेन्ट्रल जेलमा ७ जना पुरुष र ३ जना महिला छन्। दुबई सेन्ट्रल जेलमा ६४ पुरुष र ४ जना महिला छन् भने अल अथ्वा सेन्ट्रल जेलमा ९४ जना पुरुष र ४ जना महिला छन्। यसैगरी अजमान सेन्ट्रल जेलमा ४ जना पुरुष छन् भने रस अल खैइमा सेन्ट्रल जेलमा ४ जना पुरुष जेलमा परेका छन्। पुजेरा सेन्ट्रल जेलमा १ जना पुरुष र १ जना महिला जेलमा छन् भने अल अइन जेलमा १४ जना पुरुष जेलमा रहेका छन्। युएईका ७ वटा जेलमा २ सय नेपाली रहेको रिपोर्टमा उल्लेख छ।
