२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मादक पदार्थको सेवन गर्ने १ सय १६ नेपाली युएईमा पक्राउ

२४ पुष २०७५, मंगलवार १०:२४

पुस २४, काठमाडौँ | मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । 

आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महिनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली युएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो । मादक पदार्थको सेवन, मापसे गरेर सवारी चलाउनु र झैझगडाका कारण ११६ नेपाली कारागारमा रहेको दूतावासले जनाएको छ । 

त्यस्तै लुटपाट, चोरी र धोखाधडीको आरोपमा २० नेपाली कारागारमा रहेका छन् । साउदी नागरिक तथा अन्य देशका आप्रवासी श्रमिकको हत्या अभियोगमा १२, कार्यस्थलमा अवरोध, विरोध गर्ने अभियोगमा १० र परस्त्रीगमनमा संलग्न भएको अभियोगमा आठ नेपाली काराबासमा सजाय भुक्तान गरिरहेका छन् । 

फर्जी चेक, काजगपत्र, हस्ताक्षरलगायत अन्य कागजपत्र किर्ते काममा संलग्न सात, लागुऔषधको प्रयोग र तस्करीमा संलग्न पाँच र अन्य कानूनले वर्जित गरेका गतिविधिमा संलग्न भएको अभियोगमा २२ नेपाली कैदमा रहेका दूतावासले जनाएको छ । बाइस नेपाली गलत व्यवहार, अवैध बसोवास, भौतिक सम्पत्ति तोडफोडलगायतमा संलग्न भएका थिए । 

दूतावासका अनुसार १८८ पुरुष र १२ महिला कारागारमा रहेका छन् । सारजाह सेन्ट्रल कारागारमा सात पुरुष र तीन महिला, दुवई सेन्ट्रल कारागारमा ६४ पुरुष र चार महिला, अलअथ्वा सेन्ट्रल कारागारमा ९४ पुरुष र चार महिला तथा अजमान सेन्ट्रल कारागारामा चार पुरुष कैद सजाय भुक्तानका क्रममा रहेको दूतावासले जनाएको छ । 

रसअल खैइमा सेन्ट्रल कारागारमा चार पुरुष, फुजेरा सेन्ट्रल जेलमा पुरुष र महिला गरी एक÷एक तथा अल अइन कारागारमा १४ पुरुष कैद भुक्तानका क्रममा रहेका छन् । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान