२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा अलपत्र परेका १६ नेपालीको उद्धार, दुतावासले गर्यो यस्तो आग्रह

२०७५, ८ चैत्र शुक्रबार ११:०४

चैत ८, मलेसिया । मलेसियामा अलपत्र परेका १६ जना नेपालीको उद्दार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी जुरु घरफिर्ती केन्द्र र जोहरवारु घर फिर्ती केन्द्रमा अलपत्र परेका १६ जना नेपाली नागरिकहरुलाई नेपाली दुतावासको सहयोगमा नेपाल फकाएको हो । फाल्गुण ३० गते जुरु घरफिर्ती केन्द्रबाट ६ र चैत्र  ७ गते जोहरवारु घरफिर्ती केन्द्रबाट १० गरी १६ नेपालीलाई उद्दार गरी नेपाल पठाएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ । 

यसैवीच मलेसियामा विभिन्न जेल तथा घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीलाई डर त्रास देखाई, उद्दार गरिदिने नाममा पीडितको परिवारबाट रकम उठाउने र विभिन्न मनि ट्रान्सफरबाट रकम बुझेर सम्पर्कविहीन हुने जानकारी दूतावासमा आउने गरेको बताइएको छ । 

दुतावासले यसरी अपरिचित र अनाधिकृत व्यक्तिहरुलाई उद्दार गर्ने नाममा रकम नबुझाउन अनुरोध गरेको छ । साथै, जेलमा परेका व्यक्तिको कानुनी उपचारमा लाग्ने खर्च नेपालबाट पठाउँदा परराष्ट्र मन्त्रालयमार्फत पठाउन पनि दुतावासको अनुरोध छ । 

घरफिर्ती केन्द्रमा रहेका नेपालीहरुको उद्दारको निमित्त नेपालबाटै कन्सुलर सेवा विभाग नारायणहिटीमार्फत जानकारी लिई एकतर्फी हवाईटिकटको व्यवस्था गरी राजदूतावासमा प्रेषित गर्न सकिने भएकोले आफन्तको उद्दारको निमित्त उक्त विभागमा सम्पर्क गर्नु हुन दूतावासले सवैलाई जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल