२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको रोजगारी अर्को हप्ताबाट खुल्ने, स्वास्थ्य परीक्षण गर्ने संस्था छनौट हुँदै

२०७५, १३ चैत्र बुधबार १६:२०

मनोज पराजुली, चैत १३, काठमाण्डौ । गत जेठ महिनादेखि रोकिएको मलेसियाको रोजगारी आगामी साताबाट खुलाउने तयारी भएको छ । पहिलो चरणमा चरणमा मलेसियाको कलिंङ्ग भिषा लागेका कामदार पठाउने तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रोतले साझा सबाललाई जानकारी दिएको छ । 

श्रम मन्त्री गोकर्ण विष्टले आज नेपाल बैदेशिक रोजगार व्यवसायी सघ लगायत केहि अन्य म्यानपावर व्यवसायीलाई छलफलका लागि मन्त्रालयमा बोलाएका थिए । हाल कलिङ भिसा प्राप्त गरेका कामदारबारे संघले म्यानपावर व्यवसायीसंग सहकार्य गरि अन्तिम श्रम स्वीकृतिको लागि सहजीकरण गर्न मन्त्री ज्युले मौखिक निर्देशन दिनुभएको छ, छलफलमा सहभागी एक व्यवसायीले भने ''बैदेशिक रोजगार बिभाग र संघ विच लिखित सहमति पश्च्यात संघले आवश्यक सहयोग गर्ने सहमति भएको हो , विभागले संघलाई लिखित पत्र  दिएको दिनबाट प्रक्रिया शुरु हुन्छ ।"  संघको अनुसार करिब ७ हजार कामदार कलिङ भिसा आएर पनि मलेसिया जान पाएका छैनन्। 

नयाँ प्रक्रिया मार्फत जाने कामदारका लागि भने मलेसियाले केही दिनअघि पठाएको स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड अनुसार प्रक्रिया शुरु हुनेभएकोले अझै केही समय लाग्नेछ । मलेसियाले अघिल्लो हप्ता स्वास्थ्य परीक्षणको मापदण्ड पठाएपछि मन्त्रालयले स्वास्थ्य संस्थालाई सूचीकरणको आह्वान गर्ने तयारी गरेको मन्त्रालय श्रोतले जानकारी दिएको छ । 

मलेसियाले पठाएको मापदण्ड पनि केहि दिन भित्रमा नै सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ। साथै निजी मेडिकल संस्था बाहेक सरकारी संस्थालाई पनि सूचीकरण प्रक्रियामा आउन मिल्ने गरि सूचना आह्वान गर्ने तयारी गरिएको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।  प्राप्त निवेदनको आधारमा मापदण्ड पुगेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरी मलेसिया टोलि मार्फत स्वास्थ्य संस्थाको अनुगमन पश्च्यात सरकारले निर्णय गरि स्वास्थ्य परीक्षणको लागि अनुमति दिनेछ । यस अघि ३७ वटा मेडिकल संस्थाले सिन्डिकेट कायम गरि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । 

गत जेठ महिनामा श्रम मन्त्री गोकर्ण विष्टले रोजगारका लागि मलेसिया जाने नेपाली कामदारमाथि स्वास्थ्य परीक्षण लगायतका नाममा आर्थिक भार लगाउने संस्थालाई खारेज गर्ने निर्णय गरेपछि मलेसियाको रोजगारी बन्द भएको थियो । सो पश्च्यात नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै व्यहोर्ने सहमति भएको थियो । समझदारी पत्रमा हस्ताक्षर भएपनि मन्त्री विष्टले मेडिकल संस्थाको सिन्डिकेट नहटेसम्म कामदार नपठाउने अडान लिएपछि मलेसियाले बाध्य भएर नयाँ मापदण्ड पठाएको हो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित