२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरले लागत भन्दा बढी रकम मागेमा ११४१ नम्बरमा तुरुन्त कल गर्नुस्

१८ चैत्र २०७५, सोमबार १०:१०

 मनोज पराजुली, चैत १८, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकका गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा विच कल सेन्टरको श्रम मन्त्री गोकर्ण विष्टले शुभारम्भ गरेका छन् ।

श्रमसम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाहरुका समस्या, जिज्ञासा, गुनासा र सुझावहरु प्रत्यक्ष सङ्कलन र सम्बोधन  गर्नेगरी कल सेन्टरको  स्थापना गरिएको श्रममन्त्री गोकर्ण विष्टले जानकारी दिए । कल सेन्टरमा प्राप्त हुने गुनासा सम्बन्धित कार्यालयमा पठाउने र गुनासा, जिज्ञासाको प्रकृति हेरेर सम्बोधन गर्ने मन्त्री विष्टले बताए । 

कल सेन्टरबाट के के सुविधा हुन्छ ?

कल सेन्टरमार्फत मन्त्रालयले मुख्यगरी वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषको साथै मन्त्रालय मातहतका अन्य निकायहरूबाट भइरहेका काम कारबाहीबारे जिज्ञासा राख्ने, सरोकारवालाई जानकारी दिने, रचनात्मक सुझावहरु प्राप्त गर्ने र गुनासाहरुको सुनुवाइ गरी तत्काल समस्या समाधानको पहल गर्ने जनाएको छ ।

यस्तै वैदेशिक रोजगारीको क्षेत्रमा ठगीलगायतका समस्यामा परी न्यायको खोजीमा रहेकाहरू, विदेशमा विभिन्न कारणले अलपत्र परेका वा स्वास्थ्य समस्याबाट पीडित भई घर फर्कन चाहनेहरु, विविध कारणले मृत्यु भएका र अलपत्र परेका नेपाली कामदारको शव नेपाल ल्याउन नसकी समस्या परेकाहरु, झुठा मुद्दामा परी जेल सजाय भोगिरहेका कामदारहरुले सोझै कल सेन्टरमा सम्पर्क गर्न सकिने श्रम मन्त्रालयले जनाएको छ । 


कल सेन्टरमा उजुरी दर्ता भए लगत्तै श्रम मन्त्रालय मातहतका सम्बन्धित कार्यालयका अधिकारी तथा निकायलाई इमेल र मोबाइलमा सूचना (नोटिफिकेसन) समेत हुने गरी सफ्टवेयर विकास गरिएको मन्त्रालयको भनाई छ । उजुरी र कामदारको समस्यालाई कल सेन्टरले तुरुन्तै अनलाइनमा दर्ता गरेर सम्बन्धित दूतावास, नियोग, विभाग तथा सरकारी निकायमा जानकारी गराएर समाधानका लागि पहल गरिने व्यवस्था गरिएको मन्त्रालयले  जानकारी दिएको छ । कल सेन्टरमा आएका गुनासाहरु सम्बन्धित निकायले सम्बोधन गरे वा नगरेको विषयमा मोबाइल  एप मार्फत श्रम मन्त्री विष्टले नै दैनिक निरीक्षण गर्न सक्नेछन् ।  

जनशक्ति कति छन् ? 

कल सेन्टरका लागि हाल १ जना संयोजक सहित ९ जना कर्मचारीको व्यवस्था गरिएको छ । निजामति सेवा बाहिरका कर्मचारीलाई रोजगार सेवा प्रदायक संस्था मार्फत लिइएको छ । मन्त्रालयको नीति र नियम भित्र रहेर काम गर्ने गरि प्राविधिक रुपमा काम गर्न सक्ने कर्मचारी लिइएको श्रम मन्त्रालयले जनाएको छ।  

कति समय खुल्छ ?

कल सेन्टर बिहान ७ देखि बेलुका ९ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ । हाल सेवाग्राहीको संख्या र मागलाई ध्यानमा राखी भविष्यमा यो सेवालाई आवश्यकता अनुरुप चौविसै घण्टा र निशुल्क गराउने तर्फ लागिएको मन्त्रलायले जानकारी दिएको छ । कल सेन्टरमा एकै पटक ४ ओटा फोनमा कुराकानी गर्न  सक्ने व्यवस्था रहेको छ ।

गुनासो कसरी  गर्ने ?

गुनासाहरु स्वेदशबाट ११४१ वा १६६००१५००५ मा तथा विदेशबाट ईमेल, फेसबुक, मेसेन्जर, इमो, भाइबरबाट निशुल्क ९७७१५९७०००८ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान