२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेडिकल व्यवसायी संघले भन्यो: स्वास्थ्य संस्था सूचीकरणको म्याद ३ महिना चाहिन्छ

१९ चैत्र २०७५, मंगलवार ११:५८

चैत्र १९, काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था सूचीकरण गर्न दिएको १५ दिनको समय कम भएको जनाएको छ। संघले मंगलबार एक विज्ञप्ति जारि गर्दै स्वास्थ्य संस्था सूचीकरणको लागि सरकारसंग कम्तिमा ३ महिनाको समय माग गरेको छ ।

श्रम मन्त्रालयले तोकेको मापदण्ड पुरा गर्न तयार रहेको तर स्वास्थ्य परीक्षणका मेसिनरी सर-सामन विदेशबाट प्रज्ञापन खोली आयात गर्नुपर्ने भएकोले १५ दिनभित्र  सबै मापदण्ड पुरा गर्न सम्भव नहुने संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

यस अघि श्रम मन्त्रालयले सोमबार एक सूचना जारि गर्दै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न मन्त्रालयमा सूचीकरण भएका र सूचिकणका लागि मापदण्ड पुरा गरि सूचिकृत हुन चाहने सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ्ग होम र पोलिक्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुले १५ दिन भित्र रित पुर्वक निवेदन दिनको लागि आह्वान गरेको थियो।

वैदेशिक रोजगार नियमावली २०६४ र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ मा स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको सूचीकरण गर्नुपर्ने व्यवस्था छ। 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान