चैत्र २०, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बारा र पर्साका आँधीहुरी पीडितहरूलाई सहज रूपमा स्वदेशमा रोजगारी उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघ अध्यक्ष रोहन गुरूङले एक विज्ञप्ति जारी गर्दै हावाहुरीका कारण नागरिकको मृत्यु र धनजनको क्षति भएकोमा दु:ख व्यक्त गरेका छन् ।
संघले पीडामा परेका परिवारका सदस्यलाई सहज र सरल तरिकाले बैदेशिक रोजगारीको व्यवस्था गर्न समेत सदस्य व्यवसायीहरूलाई आव्हान गरेको छ ।