२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको कलिङ भिसा पाएका १९ जनालाई श्रम स्वीकृति, न्युनतम लागत नै १ लाख तिर्दै कामदार

२०७५, २६ चैत्र मंगलवार १२:४०

चैत २६, काडमाडौं । श्रम कार्यालय ताहाचालले मलेसिया रोजगारीका लागि कलिङ भिसा आएका कामदारलाई  सोमबारबाट अन्तिम श्रम स्विकृति दिन शुरु गरेको छ । 

कलिङ्ग भिसा आइसकेका र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सिफारिस पत्र सहित आएका १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका श्रम कार्यालयले ताहाचलका प्रमुख देवेन्द्र कार्कीले साझासबाललाई जानकारी दिए । 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको उपस्थितिमा सोमबार औपचारिक रुपमा २ जना श्रमिकलाई अन्तिम श्रम स्वीकृति दिइएको थियो । गत जेठबाट बन्द रहेको मलेसिया रोजगारी कलिङ्ग भिसा आइसकेकाहरुको लागि चैत्र १८ गतेबाट अन्तिम श्रम स्वीकृति खुला गरिएको हो। अन्तिम श्रम स्वीकृति शुरु भएसंगै म्यानपावर कम्पनीले कामदारबाट १ लाख देखि डेढ लाखसम्म मागेको गुनासो आउन थालेका छन् । 

मेरो २ पटक कलिङ्ग भिषा आएर म्याद सकिएको थियो हाल म्यानपावरले भिषा प्रक्रिया शुरु गरेको भन्दै अग्रिम ३० हजार मागेको छ, एक कामदारले सझासबालसँग भने ""म्यानपावरले १०/१२ हजारमा पठाउन सकिंदैन जे गर्छौं  गर भनेको छ ।'' म्यानपावर कम्पनीले प्रति कामदार १ लाख २० हजार मागिरहेको उनले बताए । तर म्यानपावर कम्पनीले बढी लागत लिएको बारे जानकारी आएमा कारवाही गर्ने संघका अध्यक्ष रोहन गुरुङले बताएका छन् । 

भिषा प्रक्रिया पुगेकाहरुले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सहजिकरणमा गत कार्तिक १२ गते नेपाल र मलेसिया बीच भएको श्रम समझदारी अनुरुप कामदार पठाउनुपर्ने व्यवस्था छ । श्रम समझदारीमा मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत वापतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्ने उल्लेख छ। साथै म्यानपावर कम्पनीलाई सेवा शुल्क बापत रोजगारदाताले कामदारको आधा महिनाको तलब उपलब्ध गराउनुपर्ने सहमति भएको थियो। त्यस सहमति अनुरुप नै कामदार पठाउनु पर्ने भएपनि अटेर गर्दै म्यानपावरले कामदारबाट रकम माग गर्न थालेको गुनासो आएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित