२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किर्ते गरी ४० लाख कर्जा लिने म्यानपावर संचालक पुर्पुक्षका लागि जेल चलान

२०७६, १० बैशाख मंगलवार १६:०३

बैशाख १०, काठमाडौं । लिखत सम्बन्धि तथा बैकिङ कसुरमा म्यानपावर संचालक पुर्पुक्षका लागि जेल चलान भएका छन् । सोमबार लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाण्डौको आदेशले दुवै जनालाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको हो ।  

करचुक्ता प्रमाण पत्रलाई किर्ते गरी  झरना ह्युम्यान रिसोर्स प्रालिको नाममा जारी भएको बनाई  कृषि विकास बैंक, स्वयम्भु शाखाबाट ऋण लिने कार्यमा संलग्न झरना ह्युमन रिसोर्सका संचालक शंकर धिताल र अनिल अधिकारी जेल चलान भएका हुन् ।

चितवन पार्वतीपुर-३ घर भई हाल काठमाडौँ, ५ गोंगबु बस्ने बर्ष ३७ को शंकर धिताल र तनहुँ भानु नगरपालिका १२ घर भई हाल टोखा- १० बस्ने बर्ष २२ को अनिल अधिकारीलाई सीआइबीले गत चैत्र १२ गते पक्राउ गरि अनुसन्धान गरेको थियो । उनीहरुले फिडियस ट्राभल्स एण्ड टुर्स प्रालिका नाममा आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटबाट जारी गरिएको कर चुक्ता प्रमाणपत्रलाई बैंकबाट ऋण लिनको लागि झरना ह्युम्यान रिसोर्स प्रा.लि.लाई नाफामा देखाउनको लागि किर्ते गरेको पाइएको प्रहरीले जनाएको छ । 

अनुसन्धानका क्रममा झरना ह्युमन रिसोर्स प्रा.लि.को नाममा किर्ते गरि कृषि विकास बैंक, स्वयम्भु शाखाबाट  ४० लाख कर्जा लिएको खुल्न आएको सिआइबीले जनाएको छ । लिखित सम्बन्धी र बैकिङ कसूरमा अनुसन्धान भैरहेकोमा लिखत सम्बन्धी अनुसन्धान पुरा गरि सिआइबीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत काठमाण्डौं जिल्ला अदालतमा अभियोग पेश गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित