२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै दिन तीन म्यानपावरमा छापा, मन्सुरका संचालकलाई २४ घन्टे पुर्जी (भिडियो सहित)

२०७६, १९ बैशाख बिहीबार १७:४४

मनोज पराजुली | वैशाख १९, काठमाडौं । बैदेशिक रोजगार विभागले एकै दिन तीन म्यानपावर कम्पनीमा छापा हानेको छ । विहिबार एएरपोर्ट स्थित म्यानपावर बजारमा रहेको मन्सुर म्यानपावर प्रा. लि , सामाखुसीमा रहेका बि.एस ओभरसिज प्रा. लि र स्किलजोन कन्सल्टेन्सी नेपाल प्रा. लि मा विभागले छापा हानेको हो । 


विभागमा डा. भीष्म कुमार भुसाल महानिर्देशकमा हाजिर भएपछि एकै दिन तीन म्यानपावरमा पहिलो पटक छापा हानिएको हो । मन्सुर म्यानपावरले सेसेल्समा पठाउने भन्दै प्रतिव्यक्ति ४० हजार देखि १ लाखसम्म अग्रिम रकम लिएर कामदारलाई ठगि गरिरहेको उजुरी परेपछि विभागले विहिबार म्यानपावरमा छापा हानेको हो । मन्सुर म्यानपावरले श्रम कार्यालय ताहाचलबाट युरोपको सेसेल्स डिमाण्डको  पुर्व स्वीकृति नलिई विज्ञापन प्रकाशन गर्ने गरेको समेत पाइएको छ ।   


मंगलबार सो म्यानपावरले ठगि गरिरहेको विषयमा साझा सबाल मिडियाले 'मन्सुर म्यानपावरद्वारा ठगि, कारवाही गर्न विभागको आनाकानी' शिर्षकमा समाचार प्रकाशन गरेको थियो।  सो पश्च्यात पीडितलाई न्याय दिलाउनै पर्ने दवाबमा परेको विभागले आज म्यानपावरमा छापा मारेर आवश्यक अनुसन्धान गरेको हो । 

विभाग टोली म्यानपावर कम्पनीमा पुग्दा कर्मचारी मात्र भेटिएका थिए । विहान कार्यालय गएका सो कम्पनीका संचालक सईम मन्सुर पीडितहरु तिरेको पैसा फिर्ता लिन कम्पनीमा आउन थालेपछि आवश्यक कागजात राख्ने आफ्नो कोठा बन्द गरि साँचो लिएर  हिंडेको कर्मचारीले बताएका छन्  । विभाग टोलीले पुर्व र अन्तिम स्वीकृतिका फाइल तथा पासपोर्टहरुको अध्ययन गरेको थियो । अनुसन्धानकै क्रममा ३० वटा पासपोर्ट लिएर एक जना एजेन्ट म्यानपावरका संचालक कुर्दै थिए । उनले प्रति पासपोर्ट २/३ हजार पाउने भएकोले आफूले म्यानपावरमा पासपोर्ट बुझाउन ल्याएको खुलाशा गरे । 


विभाग टोलीले २ घन्टासम्म म्यानपावर कार्यालयमा संचालकलाई कुरेर बसेको थियो तर संचालकले लिने गरेका २ वटै मोबाइल नम्बर स्विच अफ तथा एउटा नम्बरमा कल रिसिभ नगरी मन्सुरले विभाग टोलीलाई असयोग गरेका थिए । विभाग टोलीले म्यानपावर संचालक कार्यालयमा नआएपछि शुक्रबार बिहान १० बजे विभाग कार्यालयमा आवश्यक डकुमेन्ट सहित अनिवार्य २४ घण्टाभीत्र हाजिर हुन पुर्जी काटेको छ। 

स्थलगत भिडियो

 

त्यस्तै गरि विभाग टोलीले सामाखुसीमा रहेका बि.एस ओभरसिज प्रा. लि र स्किलजोन कन्सल्टेन्सी नेपाल प्रा. लि मा समेत छापा हानेको छ । बि. एस ओभरसिजले मलेसियाको लागि नयाँ डिमाण्ड आएको भन्दै कामदारहरु छनौट गर्न अन्तर्वार्ता लिएको उजुरी विभागमा परेपछि म्यानपावरमा छापा हानेको हो । विभाग टोलि कार्यालयमा पुग्दा म्यानपावर संचालक भिम बहादुर सापकोटा कार्यालय परिसरमा नै थिए । तर उनको म्यानपावर बन्द थियो । 

मलेसियाको नयाँ डिमाण्डमा आफूहरुले अन्तर्वार्ता नलिएको बिएस ओभरसिज प्रा.लि.का संचालक सापकोटाले दावी गरे । उनले पछिल्लो ८ महिनादेखि आफ्नो म्यानपावर कम्पनी बन्द रहेको भन्दै मलेसियाको कलिङ भिषाका १/२ जनाको मात्र काम गरेको बताए । उनले आफूनै संचालक रहेको अर्को म्यानपावर स्किलजोन कन्सल्टेन्सी नेपाल प्रा. लिलाई मर्ज गर्न बिएस ओभरसिजसँगै सारेको बताए । उनले आफ्नो म्यानपावर सरकारको नीति अनरुपनै संचालनमा रहेको दावी गरेका छन् ।  

विभाग टोलीले बिएस ओभरसिजसँग श्रम कार्यालयबाट लिएका डिमाण्डको पुर्व र अन्तिम स्वीकृतिका फाइल तथा पासपोर्ट देखाउन आग्रह गरेको थियो तर म्यानपावर कार्यालयका साचो कर्मचारीसँग भएको म्यानपावर संचालकले बताएका थिए । बिभागको टोलीले वि. एस परिसरमा कम्पाउण्डमा नै रहेको स्किलजोन कन्सल्टेन्सी नेपालको पनि फाइल अध्ययन् गरेको थियो । बिभागले आवश्यक ठानेको डकुमेन्ट उपलब्ध नगराएपछि शुक्रबार आवश्यक विवरणसहित विभागमा हाजिर हुन म्यानपावरलाई निर्देशन दिएको छ ।

यसअघि विभागमा उजुरी परेपछि सम्बन्धित म्यानपावर कम्पनीमा स्थलगत अनुगमन गरि आवश्यक डकुमेन्ट नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढ्ने गर्दथ्यो तर विहिबार विभाग टोलीले म्यानपावरको असहयोगका कारण कुनै पनि डकुमेन्ट नियन्त्रणमा लिन सकेन । विहिबारको छापा मारेपछि सम्बन्धित म्यानपावर कम्पनीहरुलाई बिभागले थप अनुसन्धान गरे बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित