२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीको वृहत भेला जेठ ३ गते, माग सम्बोधन नभए चरणवद्ध बिरोध कार्यक्रम गर्ने

२०७६, २३ बैशाख सोमबार ०५:०५

बैशाख २३, काठमाण्डौ । नेपाल वैदेशिक रोजगार ब्यबसायी संघले विशेष ब्याबसायी भेला बोलाएको  छ । हाल देखिएका विभिन्न एजेन्डाहरुमा बृहत छलफल गरि निर्णय गर्न भन्दै आगामी जेठ ३ गते का लागि विशेष ब्याबसायी भेला बोलाइएको संघले जनाएको छ ।

भेलामार्फत नगद धरौटी रकमको ब्याज पाउने ब्यबस्था गर्न सरकारसंग अनुरोध गर्ने र  उचित सुनुवाइ नभए सम्म चरणरबद्ध रुपमा ध्यानाकर्षण तथा बिरोध कार्यक्रम गर्ने संघले जनाएको छ । संघले यस अघि सरकारले बढाएको धरौटी रकको व्याज पाउनुपर्ने माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य नेता तथा निकायहरुको ध्यानाकर्षण गराइसकेको छ तर सुनुवाई हुन सकेको छैन । बैंक ग्यारेन्टी एकद्वार प्रणाली मार्फत जाँदा साना र मझौला व्यावसायीलाई राहत पुग्ने देखिएको हुँदा सो विषयमा भेला मार्फत राय लिइ उपयुक्त निर्णय गर्ने संघले जनाएको छ  । 


त्यस्तै मर्जर हुने सस्थालाई उपयुक्त सुबिधा दिन सरकारलाई अनुरोध गर्ने संघले जनाएको छ । साथै सरकारले उचित सुबिधा नदिए सम्म चरणबद्ध रुपमा ध्यानाकर्षण कार्यक्रम गर्ने संघले जनाएको छ।    

मलेसिया रोजगारी सुचारु गर्ने सम्बन्धी  श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालयमा सुचिकृत भएका मिडिकल सेन्टर बाट स्वास्थ परीक्षण गर्ने गरि नयाँ कामदार पठाउने प्रक्रिया शुरु गर्ने विषयमा सरकारको ध्यानाकर्षण गर्ने संघले जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गत वर्ष जेठ ३ गते नै मलेसियाको लागि काम गर्दै आएका माइग्राम्स, बायोमेट्रिक मेडिकल, ओएससी, भीएलएन र जीएसजी सेन्टर खारेज गर्ने निर्णय गरेसंगै मलेसियाको रोजगारी बन्द छ । सो पश्च्यात गत कार्त्तिक १२ गते नेपाल र मलेसिया विच श्रम समझदारी भएको थियो ।  मलेसियाको कलिङ्ग भिषा लागेका कामदारलाई जान दिने गरि गत महिना मात्रै श्रम मन्त्रीले निर्णय गरेका थिए तर नयाँ कामदार मलेसिया जाने प्रक्रिया भने अझै शुरु हुन सकेको छैन  । 

मागपत्र दूतावासद्वार सिफारिस गर्दा केहि दूतावासका केहि कर्मचारीबाट गरिरहेको अनिमियतता बन्द गर्न रोजगारदाता कम्पनीका प्रतिनिधि  बारम्बार दूतावास पुग्नुपर्ने हालको ब्यबस्थालाई परिबर्तन गरि सहज र चुस्त तरिकाले अन्लाईन बिधीको प्रयोग गर्न मिल्ने ब्यबस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने संघले जनाएको छ ।

सेवा शुल्क दक्षिण  एसिया मुलुकको प्राकटिस अनुसार व्यावहारिक हुनुपर्ने र त्यस सम्बन्धी  नीतिगत व्यवस्थापन गर्नको लागि सरकारको ध्यानाकर्षण गराउने संघले जनाएको छ । यसघि संघले पटक पटक लिखित रुपमा नै सेवा शुल्क परिमाजन गर्न सरकारको ध्यानाकर्षण गराई सकेको छ ।

साथै भनिएको तलब ,काम, सेवा सुबिधा पाउदा पाउदै करार अबधि पुरा नगरी फ़र्कने कामदारको संख्या बढी रहेको हुँदा कामदारको दायित्व तोकिनु पर्ने विषयमा पनि संघले आवाज उठाएको छ । हालै मात्र संघले बैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरण पाठ्यक्रममा नै यस्ता विषय समेट्न सरकारलाई लिखित रुपमा नै ध्यानाकर्षण गराईसकेको छ ।

संघको स्थगित निर्वाचन मिति तय गर्ने व्यवसायी भेलाबाट सुझाब लिने सघले जनाएको छ ।  गत चैत २६ गते तोकिएको संघको निर्वाचन संघका अध्यक्ष रोहन गुरूङका घरमा भएको बम बिस्फोटका कारण स्थगन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित