२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विचरा मलेसिया जाने कामदार ! श्रममन्त्रीलेनै हस्ताक्षर विर्सिदिएपछि अब कसको आश ?

२९ बैशाख २०७६, आईतवार १२:११

मनोज पराजुली | बैशाख २९, काठमाडौं ।  बैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदार दैनिक ठगीमा पर्दा समेत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुकदर्शक बनेर बसेको छ । 

श्रम मन्त्रालयले गत वर्ष जेठ २ अगाडी मलेसियाको कलिङ भिषा आइसकेकाहरुको लागि गत चैत्र १८ गतेबाट श्रम स्वीकृति दिने निर्णय भएको थियो । 

नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सहजीकरणमा श्रम कार्यालय ताहाचालबाट आवश्यक प्रक्रिया शुरु भएको थियो । सो पश्च्यात हालसम्म १९ सय कामदारले श्रम स्वीकृति लिएका श्रम कार्यालय ताहाचलले जानकारी दिएको छ ।  

तर हाल कलिङ्ग भिषा बाहेकका कामदारको पनि धमाधम मेडिकल ४५००/- र जिएसजी मार्फत ३२००/- रकम अशुल भइरहंदा श्रम मन्त्रालयले हालसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न सकेको छैन । अनुगमन गरि आवश्यक कारवाही हुनुपर्ने भए पनि खुलम-खूला अबैध शुल्क अशुल गर्न ति संस्थालाई छुट दिईरहेको छ । श्रम मन्त्रालयले आफ्नो धारणा सार्वजनिक नगर्दा मलेसिया रोजगारी खुलेको भन्दै कामदार ठगिने क्रम रोकिएको छैन ।

मलेसिया खुलेको भन्दै केहि म्यानपावर तथा एजेन्टहरुले गाउँ-गाउँबाट कामदारलाई काठमाडौं बोलाएर जिएसजी सर्भिस पुर्याएका छन् । हाल केहि दिन यता महाराजगंज निर्मल निवास नजिक रहेको जिएसजी सर्भिसमा कामदारहरुको भिड देख्न सकिन्छ ।

विभिन्न म्यानपावर तथा एजेन्टहरुले कामदारको पासपोर्ट होल्ड गराएर राख्न थालेका छन् । साझा सवाललाई प्राप्त जानकारी अनुसार यसअघि मलेसिया पठाउँदै आएका विभिन्न म्यानपावर कम्पनीहरुले कामदारहरुको पाससपोर्ट होल्ड गराउन उद्दत देखिएका छन् ।

अधिकांश म्यानपावर कम्पनीले ४५ दिनभित्र सबै काम हुने र मलेसिया जान पाउने आशा देखाएर मेडिकल र जिएसजी गर्न लगाएको साझासबालको सम्पर्कमा आएका कामदारले जानकारी दिएका छन् । उनीहरुले उपलब्ध गराएको पासपोर्ट बनेका मितिका आधारमा हेर्ने हो भने पनि उनीहरुको कलिङ्ग भिषा आएको छैन अर्थात गत वर्ष जेठ २ गते अगाडी उनीहरुले म्यानपावरमा पासपोर्ट बुझाएका थिएनन् भन्ने स्पष्ट छ । 


कलिङ् भिषा आएका बाहेकहरुलाई पनि म्यानपावरले ४५ दिनमा सबै काम हुन्छ भनेपछि धनगढीबाट काठमाडौं आएर जिएसजी मार्फत ३२००/- तिरेर घर गएको हो एक कामदारले भने “म्यानपावरले पुन: मेडिकल गर्न काठमाडौं बोलाएपछि मेडिकल पनि गरेको छु ।’’ म्यानपावरले सेक्युरिटी गार्डको लागि १ लाख भन्दा बढी रकम माग गरेको उनले बताए ।  

यसै बिषयमा जिएसजि सर्भिसकै क्रममा भेटिएका एक जनाले आफ्नो नाम नखुलाउने सर्तमा भने 'बिचरा हामी ! श्रम मन्त्री आफैले हस्ताक्षर गरेर अवैध भनेको संस्थामा ३२०० बुझाउन आउनुपरेको छ ।' उनले व्यंग्यात्मक मुद्रामा फेरी भने 'मन्त्रीज्यूले आफैले गरेको हस्ताक्षर समेत बिर्सनुभयो कि जस्तो छ । राम्रो भनिएका मन्त्रीज्यूकै जिम्मेवारी पर्ने ठाउँमा त यतिसम्म मनपरी छ भने अरु ठाउँको के कुरा गर्नु ?'


मलेसियाको लागि नयाँ डिमाण्ड नआएपनि म्यानपावर कम्पनीले पुराना डिमाण्ड देखाउंदै धमाधम अन्तर्वार्ता समेत गराई सकेका छन् । जाने कामदारलाई सेटिङ्गमा श्रम स्वीकृति निकाल्ने चलखेल शुरु भएको श्रोत बताउँछ ।  

श्रममन्त्री गोकर्ण विष्टले गत वर्ष जेठ २ गते मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा बिभिन्न नाममा उठाउँदै आएको शुल्क खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । सो निर्णय पश्च्यात कामदारबाट रकम अशुल गर्नको लागि स्थापित भएका माइग्राम्स, वायोमेट्रिक, ओएससी, भिएलएन, जीएसजी गरि ५ संस्था खारेजीमा परेका थिए । तर मन्त्री आँफैले खारेज गरेका संस्था जिएसजी सर्भिसले अबैध रुपमा रकम संकलन गरिरहँदा श्रम मन्त्रालयले अहिलेसम्म आफ्नो आधिकारिक धारणा जारि गरिसकेको छैन । जिएसजिले पहिलेनै कलिङ भिषा आएकाहरुको मात्र नभई मलेसिया जान चाहने नयाँ कामदारहरुबाट समेत धमाधम रकम अशुली गरिरहेको पाइएको छ । 

 


प्रमाण खोज्दैछु : श्रममन्त्री विष्ट 

मलेसिया खुलेको नाममा मेडिकल र जिएसजी मार्फत कामदार ठगीबारे प्रमाण खोजिरहेको श्रममन्त्री विष्टले साझासबाललाई बताए । आँफैले खारेज गरेका संस्थाले अबैध रुपमा रकम लिई रहंदा कारवाही किन हुँदैन भन्ने हाम्रो प्रश्नमा मन्त्री विष्ट भन्छन् "कुनै प्रकारको शुल्क लिन पाइदैन, यसबारे तपाईसंग प्रमाण भए मलाई दिनुस्, म पनि प्रमाण खोज्दैछु ।" 

मन्त्री विष्टले प्रमाण मागीरहँदा अनुगमन गर्ने अधिकार पाएको श्रम मन्त्रालय हालसम्म के गरेर बसिरहेको छ भन्ने प्रश्न आम सर्वसाधारणले गरिरहेका छन् । 

साझासबालले यसअघि जिएसजी सर्भिसले अबैध रुपमा रकम संकलन गरिरहेको खुलासा गरेको थियो । मलेसिया रोजगारी खुलेको भन्दै जीएसजी सर्भिसले 'इमिग्रेसन सेक्युरिटी क्लियरेनस’ (आईएससी) बापत प्रति कामदार ३२ सय रुपैंया रकम संकलन गरिरहेको छ । हामीले यो बिषयलाई स्थलगत अध्ययननै गरेर भिडियोनै तयार पारेको थियो । 

हेर्नुहोस् भिडियो 


सरकारसंग समन्वय गर्ने बाटो बन्द भयो: संघ अध्यक्ष, गुरुङ   

केहि म्यानपावर व्यवसायीका पछिल्ला गतिविधिसँग नेपाल बैदेशिक रोजगार व्यवसायी संघ पनि रुष्ट देखिएको छ ।  मलेसिया खुलेको भन्दै म्यानपावर कम्पनीले कामदारको पासपोर्ट होल्ड गराउने, मेडिकल र जिएसजी गर्न लगाएकोबारे संघको आधिकारिक धारणा माग गर्दा अध्यक्ष गुरुङले म्यानपावर व्यवसायीकै कारण सरकारसंग बोल्ने बाटो बन्द भएको प्रतिक्रिया दिए । हिजो मलेसियाको रोजगारी खुलाउन संघले सरकारसंग जसरी कुरा गर्न सक्थ्यो, अहिले त्यो अवस्था छैन । गुरुङले भने "व्यवसायीले कामदारको पासपोर्ट होल्ड गर्न प्रतिष्पर्धा गर्ने, मेडिकल र जिएसजीमा पैसा जम्मा गर्न थालेपछि मलेसियाको रोजगारी कहिले खुल्ला भन्ने अनिश्चितता झन् बढेको छ ।" सरकारले संघलाई व्यवसायीले के आधारमा कामदारको मेडिकल र जिएसजी गर्न लगाएको ? भनि सोधेमा संघले दिने जवाफ नै नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण