२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानिर्देशककै नेतृत्वमा तीन म्यानपावर कम्पनीमा छापा, कागजात नियन्त्रणमा

२०७६, ३१ बैशाख मंगलवार ०६:५०

बैशाख ३१, काठमाडौं । वैदेशिक रोजगार विभागले तीन म्यानपावर कम्पनीमा सोमबार छापामा छापा हानेको छ । विमागका महानिर्देशक डा.भिष्मकुमार भुसालकै नेतृत्वमा जुपिटर ओभरसीज प्रा.लि, स्काई अफ दि वल्र्ड र ट्रष्ट नेपाल ओभरसीज प्रालिमा छापा मारिएको विभागले जानकारी दिएको छ ।

ति म्यानपावर कम्पनीमा छापा मारेर केही कागतजागत नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको विभागले जनाएको छ । कामदारका गुनासाका आधारमा ति म्यानपावर कम्पनीमा छापा हानेको विभागले जनाएको छ । ती म्यानपावर कम्पनीले पूर्व स्वीकृति नै नगरि मलेसियाको इमिग्रेसन सेक्युरिटी क्लियरेनस (आईएससी) गराउन कामदार पठाएको उजुरी विभागमा परेको थियो । सरकारले नयाँ कामदार पठाउन अनुमति नदिएको अवस्थामा पनि प्रति कामदार ३२ सय रुपैंया लिएर मलेसियाको जिएसजी गराएको दावी विभागमा परेको उजुरीमा रहेको बताइएको छ ।

जुपिटर ओभरसीज प्रालि र स्काई अफ द वल्र्डमा फ्रि भिसा, फ्रि टिकट अन्तरगतको डिमाण्डमा कामदार छनौटमा समस्या देखिका कारण छापा मारिएको विभागले जानकारी दिएको छ ।

मलेसियाबीच गत कार्तिकमा भएको द्विपक्षीय श्रम समझदारीपछि पनि नयाँ कामदारलाई मलेसिया पठाउने बारे सरकारले निर्णय गरेको छैन । सरकारले गत चैत १८ गतेबाट  कलिङ भिसा आएका कामदारको लागि अन्तिम श्रम स्वीकृति दिएको छ । म्यानपावर व्यवसायीले कलिङ भिषा बाहेक पनि मलेसिया कामदार पठाउनै भन्दै धामधाम अन्तर्वार्ता लिइरहेका छन् । तिनै कामदारलाई मेडिकल र जिएसजी मार्फत रकम तिर्न लगाएर कामदारलाई आर्थिक भर थप्दै आएका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित