२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझासबाल समाचार प्रभाव : मलेसियाको लागि सेक्युरिटी क्लियरेन्स गराउने जिएसजीमा विभागको छापा

२०७६, ३१ बैशाख मंगलवार १४:५२

मनोज पराजुली | बैशाख ३१, काठमाडौं | बैदेशिक रोजगार विभागले मलेसिया जाने कामदारको अध्यागमन सुरक्षा जाँच गर्ने जीएसजी कम्पनीमा पनि छापा मारेको छ । मलेसिया जाने नयाँ कामदारबाट प्रतिव्यक्ति ३२ सय संकलन गरिरहेको पाइएपछि विभागले मंगलबार छापा हानेको हो ।

जीएसजी सर्भिस नेपालले आईएससी अर्थात् इमिग्रेसन सेक्युरिटी क्लियरेन्स गराउन  कामदारबाट प्रतिव्यक्ति ३ हजार ३२ सय रुपैयाँ उठाइरहेको विषयमा साझा सबालले यसअघि  निरन्तर समाचार प्रकाशित गरेको थियो ।

अनुगमनको क्रममा विभागको टोलीले जिएसजीसंग कामदारको तथ्याङ्क माग गरेको थियो तर जिएसजीले मलेसियन राजदूतावासको अनुमतिबिना दिन मिल्दैन भन्दै एक दिनको समय माग गरेको छ । 

जीएसजी सर्भिस नेपाल कम्पनीका निर्देशक निशान पन्तले सबै डाटा मलेसियन दूतावासको नियन्त्रणमा रहने भन्दै तत्काल अनुगमन टोलीलाई दिन नसकिने बताएका छन्  । उनले कलिङ भिसा आएकाहरुलाई मात्र आईएससी गराइरहेको विभागको अनुगमन टोलीलाई जानकारी गराएका छन् । 

सरकारले गत चैत्र १८ गते बाट मलेसियाको कलिङ भिषा आएका कामदारलाई विधि र प्रक्रिया अनुसार श्रम स्वीकृति दिने निर्णय गरेको थियो तर त्यस विपरित विभिन्न म्यानपावर कम्पनीले पठाएका सयौं नयाँ कामदारले दैनिक जिएसजी लाई ३२ सय तिर्दै आएका छन् । जिएसजी बारे भोलि थप अनुसन्धान हुने विभागका महानिर्देशक डा. भिष्म भुसालले बताए । मलेसिया जानको लागि कलिङ भिषा आएका बाहेक कामदारले तिरेको ३२ सय रुपैया फिर्ता हुन्छ ? भन्ने साझा सबालको प्रश्नमा महानिर्देशक भुसालले भने "हाल अनुसन्धान गर्दैछौं, के गर्ने अनुसन्धान पछि थाहा हुन्छ।" 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गत वर्ष जेठ २ गते जिएसजीले लिने शुल्क अबैध भन्दै खारेज गरेका थिए, त्यस पश्च्यात मलेसियाको रोजगारी बन्द छ । 

थप पढ्नुहोस् 

विचरा मलेसिया जाने कामदार ! श्रममन्त्रीलेनै हस्ताक्षर विर्सिदिएपछि अब कसको आश ?

मन्त्री विष्टले अवैध घोषित गरेको जिएसजीले मलेसिया जानेहरुसँग ३२०० अशुल्दै (भिडियो सहित)





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित