२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लब समूहले दुई नाल बन्दुक किन्न १५ लाख मागेको, तर नदिएपछि बम हानेको खुलाशा (भिडियो)

३ जेष्ठ २०७६, शुक्रबार १८:३७

जेठ ३, काठमाडौँ | नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले आफूसँग दुई नाल बन्दुक किन्न १५ लाक मागिएको तर आफूले 'बन्दुक किन्ने हो भन्ने पैसा नदिने' भनेपछि आफ्नो घरमा बम हानिएको बताएका छन् | शुक्रबार काठमाडौँको बसुन्धरास्थिति मेघा पार्टी प्यालेसमा भएको बिदेशी रोजगार व्यवसायी संघको बिशेष भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गुरुङले यसबारे थप खुलाशा गरेका हुन् | 


बैदेशिक रोजगार व्यावसायीहरुको आलोचनालाई स्पष्टिकरण दिने क्रममा उनले आफू व्यवसायीको हक हितमा काम गरिरहेको बताए | अध्यक्ष गुरुङले व्यवसायीहरु धरौटी, मलेसिया ठप्प भएको तथा व्यवसायीको भविष्यनै धरासयी हुने अवस्थामा पुगेको अवस्थामा उक्त समूहले बन्दुक किन्न १५ लाख मागेकोले आफूले नदिएको बताए | उनले भने '२ नाल बन्दुक किन्नलाई १५ लाख दिन भन्दै संघमा पत्र आयो, गोली बारुदको लागि पैसा दिइन्न, भनेर पठाएँ |'  उनका अनुसार उक्त समूहले अन्य व्यवसायीसँग मागेर पैसा दिन अनुरोध गरेको थियो | 


गुरुङका अनुसार त्यतिखेर उनले भनेका थिए कि 'गाउँमा स्कूल बनाउन, स्वास्थ्य सेवा केन्द्र खोल्न वा बाटो बनाउन तपाइँलाई पैसा आवश्यक छ भने त्यो बेलामा बिचार गर्छु तर यो गोली बारुद किन्न मैले पैसा दिन सक्दिन |' त्यसपछि उक्त समूहले तीन महिनासम्म आफूलाई खेदेको गुरुङले बताए | उनले व्यवसायीहरुमाथि प्रश्न गरे 'मैले कसको लागि लडें ?' गुरुङले पछिल्लो समयमा बैदेशिक रोजगार व्यवसायमा सेवारत व्यवसायीहरु पैसा दिन सक्ने हैसियतमा नरहेको भन्दै उक्त समूहलाई भनेपछि त्यसको तीन महिनापछि आफ्नो घरमा बम हानिएको बताए | 

गत फागुनमा अध्यक्ष गुरुङको घरमै रोकि राखेको कारमा बम विस्फोट गराइएको थियो । उक्त बम बिष्फोटमा कार ध्वस्त हुनुको साथै गुरुङको घरमा पनि आगलागीका कारण क्षति भएको थियो । घटनामा गुरुङको घरमा भाडा गरी बस्ने मणिराम पौडेल घाइते भएका थिए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उक्त घटनाको जिम्मेवारी लिएको थियो । घटनाको बिरोधमा फागुन २६ गते देशभरका म्यानपावर कम्पनी बन्द गरिएको थियो । सरकारले उक्त घटनाको केही दिनपछी विप्लब नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय लिएको थियो |



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट