२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लब समूहले दुई नाल बन्दुक किन्न १५ लाख मागेको, तर नदिएपछि बम हानेको खुलाशा (भिडियो)

२०७६, ३ जेष्ठ शुक्रबार १८:३७

जेठ ३, काठमाडौँ | नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले आफूसँग दुई नाल बन्दुक किन्न १५ लाक मागिएको तर आफूले 'बन्दुक किन्ने हो भन्ने पैसा नदिने' भनेपछि आफ्नो घरमा बम हानिएको बताएका छन् | शुक्रबार काठमाडौँको बसुन्धरास्थिति मेघा पार्टी प्यालेसमा भएको बिदेशी रोजगार व्यवसायी संघको बिशेष भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गुरुङले यसबारे थप खुलाशा गरेका हुन् | 


बैदेशिक रोजगार व्यावसायीहरुको आलोचनालाई स्पष्टिकरण दिने क्रममा उनले आफू व्यवसायीको हक हितमा काम गरिरहेको बताए | अध्यक्ष गुरुङले व्यवसायीहरु धरौटी, मलेसिया ठप्प भएको तथा व्यवसायीको भविष्यनै धरासयी हुने अवस्थामा पुगेको अवस्थामा उक्त समूहले बन्दुक किन्न १५ लाख मागेकोले आफूले नदिएको बताए | उनले भने '२ नाल बन्दुक किन्नलाई १५ लाख दिन भन्दै संघमा पत्र आयो, गोली बारुदको लागि पैसा दिइन्न, भनेर पठाएँ |'  उनका अनुसार उक्त समूहले अन्य व्यवसायीसँग मागेर पैसा दिन अनुरोध गरेको थियो | 


गुरुङका अनुसार त्यतिखेर उनले भनेका थिए कि 'गाउँमा स्कूल बनाउन, स्वास्थ्य सेवा केन्द्र खोल्न वा बाटो बनाउन तपाइँलाई पैसा आवश्यक छ भने त्यो बेलामा बिचार गर्छु तर यो गोली बारुद किन्न मैले पैसा दिन सक्दिन |' त्यसपछि उक्त समूहले तीन महिनासम्म आफूलाई खेदेको गुरुङले बताए | उनले व्यवसायीहरुमाथि प्रश्न गरे 'मैले कसको लागि लडें ?' गुरुङले पछिल्लो समयमा बैदेशिक रोजगार व्यवसायमा सेवारत व्यवसायीहरु पैसा दिन सक्ने हैसियतमा नरहेको भन्दै उक्त समूहलाई भनेपछि त्यसको तीन महिनापछि आफ्नो घरमा बम हानिएको बताए | 

गत फागुनमा अध्यक्ष गुरुङको घरमै रोकि राखेको कारमा बम विस्फोट गराइएको थियो । उक्त बम बिष्फोटमा कार ध्वस्त हुनुको साथै गुरुङको घरमा पनि आगलागीका कारण क्षति भएको थियो । घटनामा गुरुङको घरमा भाडा गरी बस्ने मणिराम पौडेल घाइते भएका थिए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उक्त घटनाको जिम्मेवारी लिएको थियो । घटनाको बिरोधमा फागुन २६ गते देशभरका म्यानपावर कम्पनी बन्द गरिएको थियो । सरकारले उक्त घटनाको केही दिनपछी विप्लब नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय लिएको थियो |



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित