२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकमा आफ्नै फोन नम्बर सार्वजनिक गर्दा ६ लाख गुम्यो !

५ जेष्ठ २०७६, आईतवार ०७:०५

सास | जेठ ५, काठमाडौँ | बैदेशिक तथा स्वदेशमा रोजगारीको बिभिन्न जानकारीहरु सामाजिक संजाल फेसबुकमा हालिएका हुन्छन् | त्यस्ता पोष्ट देख्ने बित्तिकै सामाजिक संजाल प्रयोग गर्नेहरुले सबैले कमेन्टमा आफ्नो फोन नम्बर सार्वजनिक गरेर आफूलाई फोन गर्न अनुरोध गर्छन् | तर पछिल्लो एक घटना यति अचम्मित खालको छ कि फेसबुकमा पोष्ट गरेको कमेन्टकै कारण दर्जनौं युवाहरु मानव तस्करको चंगुलमा परेको पाइएको छ | 

साझा सबाल मिडियाले केहि समय अघि नेपालका सयौं युवाहरुलाई भिजिट भिषामा थाइल्याण्ड हुँदै लाओस पुर्याई ठगि गरिरहेको खुलाशा गर्दै सृंखलाबद्ध समाचार अपडेट गरेको थियो | त्यस क्रममा लाओस पुर्याई नेपाली युवाहरुलाई रित्याएर नेपाल फर्काउने गिरोहले कसरी पिडित युवाहरुलाई आफ्नो सम्पर्कमा ल्याउन सफल भए भन्ने बारे हामीले अध्ययन गरेका थियौं | यस क्रममा धेरैजसो ठगिमा पर्ने युवाहरुले इमो तथा भाइबर मार्फत आफूलाई फोन आएको बताएका थिए | त्यसपछि पनि प्रश्न रह्यो कि मानव तस्करीमा संलग्नहरुले कसरी नेपाली युवाहरुको फोन नम्बर पाए ? त्यसमा पनि विदेश जान सोच बनाईरहेका युवाहरुकै फोन नम्बर कहाँबाट भेट्टाए भन्ने प्रश्न रह्यो | यस क्रममा पिडित युवाहरुसँग सोध्दा उनीहरु समेत अनभिज्ञ थिए |

पछिल्लो २ बर्षदेखि एकै बाटो प्रयोग गरेर सयौं युवाहरु ठगिने क्रम जारी रहेको बिषयमा हामीले निरन्तर फलोअप समाचार लेख्यौं | यस क्रममा नेपालबाट नेपाल एयरपोर्ट हुँदै थाईल्याण्ड र थाइल्याण्डबाट कम्बोडिया हुँदै लाओस पुर्याउने र आकर्षक बैदेशिक रोजगारको प्रलोभन देखाई युवाहरुसँग ४ देखि ६ लाखसम्म अशुलेर फरार हुने गरेको एक गिरोहको बिभिन्न शिर्षकमा समाचार आए | समाचार भाइरल बनेपछि संचारकर्मीलाई तस्करीमा संलग्नहरुले ज्याननै मार्ने धम्कि पनि दिए | अहिले उक्त ठगि तथा मानव तस्करीको बिषयमा दर्जनौं पिडित युवाहरुको मुद्धाको फाइल केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) मा अनुसन्धानको क्रममा छ | 

यसरी पाउँछन् फोन नम्बर 

बैदेशिक रोजगारीको ठूलो सपना देखेर नेपालबाट भिजिट भिषाको भरमा थाइल्याण्ड हुँदै लाओस पुगेका बल बहादुर थापा केहि महिना अघि आफू ठगिएको थाहा पाएर दु:खि हुँदै नेपाल फर्किए | उनिसँगै गएका अन्य २ जना पनि नेपाल फर्किए | उनि ठगिमा परेर नेपाल फर्किएपछी साझा सबाल मिडियामा आईपुगे | उनलाई ठगि गर्ने गिरोहबारे सोधपुछ गर्नेक्रममा एउटा महत्वपूर्ण क्लु मिल्यो | जो अचम्म पार्ने खालको थियो  | पिडित थापा र उनका साथीहरुलाई कसरी त्यो मानव तस्करको समूहले आफ्नो पन्जामा पार्न सफल भयो भन्नेबारे हामीले एउटा निष्कर्ष निकाल्यौं | थाइल्याण्ड तथा कम्बोडिया बसेर उक्त गिरोहले बिभिन्न सामाजिक संजालमा गरिएका कमेन्टको सहारा लिने गरेको खुलाशा भयो | हामीले पिडित थापालाई सोध्यौं 'तपाइले यो गिरोहको सम्पर्कमा पुग्नु अघि सामाजिक संजालमा आफ्नो फोन नम्बर कतै कमेन्ट गर्नु भएको थियो ?' थापाले एकछिन् सोच्दै भने 'अ सर, मैले एउटा म्यानपावरले फेसबुकमा पोष्ट गरेको बैदेशिक रोजगारको डिमाण्डमा मेरो फोन नम्बर कमेन्ट गरेको थिएँ |' 

पछी अन्य पिडितहरुसँग पनि यसै बिषयमा सोधपुछ गर्दा एकैजसो जवाफ आए | गिरोहले पछिल्लो अवस्थामा कुनै एजेन्ट मार्फत नभई आफै विदेश बसेर नेपालका म्यानपावर तथा जागिरको बारेमा गरिएको पोष्ट हेर्ने र पोष्टमा आएका फोन नम्बर सहितको कमेन्टको आधारमा इमो तथा भाइबर मार्फत युवाहरुसँग सम्पर्क गर्ने गरेको पाइएको छ |


उक्त गिरोहले यसरी फोन नम्बर पाएपछि एउटा व्यक्तिसँग सम्पर्क गर्ने र उसलाई बिभिन्न प्रलोभन र सक्कल जस्तै कागजात देखाई आफ्नो बिश्वासमा पारेपछी उसैलाई एजेन्टजस्तो बनाई उसका साथी-सर्कललाई समेत आफ्नो सम्पर्कमा ल्याउने र बिभिन्न देशमा आकर्षक तलब सहितको रोजगारीको आशा देखाई लाखौ ठगि गर्ने गरेको पाइएको छ | जुन क्रम अझै जारी रहेको साझा सबाललाई जानकारी प्राप्त भएको छ | 

यसैबीच कम्बोडिया र थाइल्याण्डमा बसेर आफूहरुलाई लाओस, क्यानडा तथा कम्बोडियामा रोजगार दिने भनि पिडित बनाइएका युवाहरुले सम्बन्धित निकाय गम्भीर नभएको आरोप लगाएका छन्  | उक्त गिरोहबारे पटक-पटक समाचार आएको तथा केन्द्रीय अनुसन्धान व्युरोमै पुगेर निवेदन दिएको लामो समय बितीसक्दा पनि कुनै कारवाही नभएको पिडितहरुले गुनाशो गरेका छन् | यस बिषयमा मानव बेचबिखन अनुसन्धान व्युरो बबरमहलका प्रहरी नायब उपरीक्षक राज कुमार सिलवालले अनुसन्धानको गहिराईमा पुग्ने काम भईरहेको जानकारी दिए | सिलवालले भने 'हामीले यो मुद्धामा संलग्न मुख्य व्यक्तिको थप अनुसन्धान गर्दैछौं | यसको लागि छुट्टै योजना बनाएर काम गर्दैछौं |' सिलवालले मानव तस्करीमा परेका युवाहरुलाई एक पटक कार्यालयमै आएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् | 

केहि समय अघि साझा सबाल मिडियाले तयार पारेको यसैसम्बन्धि रिपोर्ट हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट