२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार : ‘अब दलाल समेत समातिने छन् र ठगी मुद्दामा जाकिने छन्’

२०७६, ९ जेष्ठ बिहीबार १३:१९

जेठ ९, काठमाडौँ | बैदेशिक रोजगार बिभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले एजेन्टका गतिविधि विरुद्ध वैदेशिक रोजगार शुद्धीकरण मिसन चलाउने उदघोष गरेका छन् । प्रत्येक दिन उल्लेख्य संख्यामा वैदेशिक रोजगारीमा ठगिएका पीडितको क्षतिपूर्ति र विभागीय जरिवाना तिर्दा पनि होस नखुल्ने ? उनले फेसबुक स्टाटस मार्फत भनेका छन् "अब क्रमश: दलाल समेत समातिने छन् र ठगी मुद्दामा जाकिने छन् । 


विभागमा हाल दैनिक एजेन्टबाट  ठगिएका भन्दै दर्जनौं उजुरीहरु पर्ने गरेको छ त्यस्ता उजुरीहरु प्रति लक्षित गर्दै उनले अब आक्रमक रुपमा अगाडी बढ्ने घोषणा गरेका हुन् । कामदारका पासपोर्ट होल्ड गर्ने देखि कामदारबाट चर्को शुल्क अशुल गर्ने क्रम नारिकिएको भन्दै विभागले कारवाही प्रक्रियालाई तीव्र पार्न लागेको हो।

सरकारले बैदेशिक रोजगार ऐन २०६४ संसोधन गरि एजेन्ट व्यवस्था खारेज गरेको थियो। खारेज गर्नु अगाडी कुनै एक म्यानपावर कम्पनीको एजेन्टको रुपमा २ लाख रकम धरौटी जम्मा गरेर काम गर्दै आएका थिए। एजेन्ट व्यवस्था खारेज गरेपछि पनि हाल विभिन्न म्यानपावर कम्पनीमा जोडिएर कामदारबाट पासपोर्टका साथै रकम लिने क्रम रोकिएको छैन। 

के गर्दैछ विभाग ?

विभागले म्यानपावर कम्पनीलाई एजेन्ट नियुक्त नगर्न निर्देशन दिइसकेको छ। बैदेशिक रोजगार ऐन २०६४ को दफा ७४ को उपदफा (२) को संसोधित प्रावधान अनुसार आफ्नो प्रतिनिधि नियुक्ति गर्ने व्यवस्था हटेकोले प्रतिनिधि नियुक्ति नगर्न विभागले निर्देशन दिइसकेको छ। 

साथै विभागले म्यानपावर कम्पनीमा कार्यरत कर्मचारीको विवरण तोकिएको ढाँचामा विभाग र श्रम कार्यालय ताहाचलमा उपलब्ध गराउन निर्देशन दिएको छ। सो बिबरण हरेक ६/६ महिनामा अध्यावधिक गर्नुपर्ने व्यवस्था विभागले गरेको छ। कर्मचारीको नाम, ठेगाना, नियुक्ति मिति, नियुक्ति अवधि, सम्पर्क नम्बर सहितको विवरण उल्लेख विभागमा दिनुपर्ने छ। 

बिभागले गत जेठ ३ गतेसम्म इजाजत प्राप्त म्यानपावर कम्पनीहरुलाई आफ्नो सम्पूर्ण विवरण अद्यावधिक गर्न अन्तिम पटक म्याद दिएको थियो । तर उक्त्त समयसीमा भित्र पनि कर्मचारीको विवरण र शाखा संचालन लगायत विवरण सूचना अद्यावधिक गर्न अटेरी ४८ वटा म्यानपावर कम्पनीको अनलाइन कारोबार रोक्का गरिसकेको छ । 

बैदेशिक रोजगार ऐन संसोधन भए पनि नियमावली संसोधन हुन सकेको छैन । विभागले ऐन मार्फत आएको व्यवस्थालाई नियमावली नहुँदा पनि सम्बोधन गर्ने गरि आवश्यक तयारी गरिरहेको महानिर्देशक डा. भीष्म कुमार भुसाल बताउँछन् । हाल म्यानपावर कम्पनीहरुको आधिकारिक कर्मचारीहरुको विवरण संकलन कार्य सकिएको छ उनले भने "यदि कसैको बाँकि छ भने पुष्टि हुनेगरी आएपछि तिनीहरुको पनि अपडेट हुन्छ।" 

अब ऐन प्रतिकुल हुनेगरी नियमावली आउने कुरै छैन तर आउन ढिला भए पनि ऐनको अधिकारमा टेकेर वैकल्पिक कानूनी बाटो लिन विभाग तयार रहेको उनले बताए। भोलिका दिनमा कसैले एजेन्टलाई पैसा दिएको थियो भन्दै विभाग आएमा उहाँहरु कानूनी रुपमा पछाडी पर्नुहुन्छ महानिर्देशक भुसालले भने "सेवाग्राहीले कारोबार गर्दा कम्पनीको आधिकारिक परिचयपत्र, प्रमाणपत्र नहेरी सेवा शुल्क दिनु भएन।" हाल एजेन्ट भन्दै कोहि कसैको पासपोर्ट होल्ड गर्ने काम गरेमा कानूनी रुपमा कारवाही गर्नेगरी विभागले आवश्यक तयारी गरिरहेको भुसालले बताए ।   


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल