२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार : कमल तामाङलाई संघको अध्यक्षमा उम्मेद्वार बनाउने फोरमको निर्णय

२०७६, ५ असार बिहीबार १६:४८

मनोज पराजुली। असार ५, काठमाडौँ । नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी फोरमले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा अध्यक्ष पदको लागि कमल तामाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । विहिबार बसेको फोरमको बहुमत कार्यसमितिको बैठकको निर्णय अनुरुप व्यवसायी कमल तामाङलाई अध्यक्षमा उठाउने निर्णय भएको फोरमका अध्यक्ष हंशराज वाग्लेले साझा सबाललाई जानकारी दिए ।


विधानको प्रक्रिया बमोजिम बहुमत कार्य समितिको उपस्थितिमा बहुमतले सर्वसम्मत निर्णय गरि अध्यक्षका लागि तामाङलाई चयन गरिएको छ वाग्लेले भने 'बाँकि पदाधिकारीहरुको चयन भोलि/पर्सि भित्रै गरेर अगाडी बढ्छौं।'  फोरमको बैठकको निर्णय बमोजिम आँफुलाई संघको अध्यक्ष पदमा उम्मेद्वारी दिन आधिकारिक पत्र प्राप्त भएको कमल तामाङले जानकारी दिए।

यस अघि गत जेठ ३० गते फोरमले आगामी निर्वाचनका लागि उम्मेद्वारी  दिन इच्छुक भए नाम टिपाउन व्यवसायीहरुमा आह्वान गरेको थियो । सो अनुरुप अध्यक्ष पदका लागि कमल तामाङ, भुवन गुरुङ, विष्णु गैरे लगायतको चर्चा हुँदै आएको थियो । संघका अध्यक्षका लागि चयन भएका तामाङ संघका पुर्व महासचिव, फोरमका पुर्व सल्लाहाकार, नेपाली कांग्रेस महासमिति सदस्य हुन् ।

व्यवसायी संघले आगामी आषाढ २७ गते साधारण सभा र निर्वाचनको मिति तय गरिसकेको छ। संघ कार्य समितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ जसअनुरुप आगामी असार ३० गते संघ कार्यसमितिको कार्यकाल सकिंदैछ।

सम्बन्धित समाचार 

बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनका लागि फोरमद्वारा उम्मेद्वारी आह्वान

म्यानपावर व्यवसायीको चुनाव: नेकपा निकटले बहिष्कार गर्ने, कांग्रेस निकटको उम्मेद्वारी !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित