२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत प्रवेशमा कडाइ- नेपालीलाई भिसा अनिवार्य, सूचना हेर्नुहोस्

२०७६, ७ असार शनिबार ०६:०१

असार ७, काठमाडौँ | भारत जाने नेपालीलाई कडाइ गर्दै भारतले भिसा अनिवार्य गरेको छ । चीन, मकाउ, हङकङ र पाकिस्तानलगायतका देशबाट भारत जाने नेपालीका लागि भारत सरकारले कडाइ गरेको हो ।  

दिल्लीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै भारत सरकारको निर्णय अनुसार काम गर्न सूचित गराएको छ । दूतावासले जारी गरेको सूचना अनुसार चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीका लागि भारतको भिसा आवश्‍यक पर्नेछ ।

यस्तै, भारत हुँदै तेस्रो मुलुक जाने नेपालीले दिल्लीस्थित नेपाली राजदूतावासको नो अब्जेक्सन लेटर अनिवार्य लिनुपर्ने भएको छ । दूतावासका अनुसार तेस्रो मुलुक जाने नेपालीले नो अब्जेक्सन लेटर लिनुपर्ने र त्यसका लागि आवश्यक प्रक्रियासमेत पूरा गर्नुपर्ने जनाएको छ ।


साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान परेमा नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था लागू भएको हो । दुतावासको अनुइसार भारतीय अध्यागमन पार गरि साउदी अरव, कतार, कुवेत, यएई, ओमान, बहराइन, इराक, लिविया र लेवनान यात्रा गर्ने नेपाली नागरिकलाई भारतीय अध्यागमन पार गर्दा राजदुतावासको सिफारिस पत्र आवश्यक हुने जारी सूचनामा उल्लेख छ ।

भारत हुँदै ति देशमा जाँदा मनाशिव कारण सहित सम्बन्धित व्यक्तिको हस्ताक्षर सहितको निवेदन, यात्रा गर्ने व्यक्तिको राहदानी, गन्तव्य देशको भिषा र हवाई टिकटको प्रति लिपि आवश्यक पर्ने उल्लेख छ । त्यस्तै रोजगार भिसामा विदेश जाने जोसुकै व्यक्तिले रोजगार बिभाग वा अन्तर्गतबाट जारी श्रम स्वीकृति लैजानु पर्नेछ । 

जारी सूचनाको (ख) बुदामा भनिएको छ कि 'चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपाली नागरिकहरुका लागि भारतको भिसा आवश्यक पर्ने जानकारी प्राप्त भएकोले सोहि बमोजिम गर्नुहुन जानकारी गराइन्छ  ।'

दूतावासले जारी गरेको सूचना हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त