असार १३,काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियाली भाषा परीक्षा सन् २०१९ को परीक्षाफल सार्वजनिक गरेको छ। गत जेठ २५ र २६ मा सम्पन्न भएको कोरियाली भाषा परीक्षामा सहभागीमध्ये १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।
औद्योगिक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना उत्तीर्ण भएको इपीएस शाखा कार्यालय ग्वार्कोले जनाएको छ। परीक्षा दिने परीक्षार्थीमध्ये कृषिका लागि ३७ ल्याउने पास भएका छन् भने उत्पादनमूलक क्षेत्रका लागि परीक्षा ल्याउने ३८ ल्याउने पास भएका छन् ।
यस वर्षको कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले दिएको आवेदनमध्ये ८४ हजार २ सय १५ जना मात्रै भाषा परीक्षामा सहभागी थिए। परीक्षामा ८ हजार १ सय ४१ जना उपस्थित भएका थिए। अमर्यादित काम गर्ने १ सय ५६ जनाको परीक्षा रद्द गरिएको थियो।
भाषा परीक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला साथै वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np मार्फत पनि हेर्न सकिनेछ। दक्षिण कोरियाले १० हजार ५० कामदार लैजाने निर्णय गरेको छ। जसमध्ये उत्पादनमुलक कामका लागि ७ हजार ५० र कृषिका लागि ३ हजार कामदार लैजाने इपिएस शाखाले जनाएको छ।