२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा नेपाली कामदार कुर्दा-कुर्दा हैरान कम्पनीहरुले म्यानमारबाट कामदार लिन थाले

२०७६, १८ असार बुधबार ०४:३४

असार १८, काठमाडौँ । नेपालबाट मलेसियामा रोजगारीका लागि कामदार लिन नपाएपछि मलेसिया स्थिति कम्पनीहरुलाई हैरानी भएको छ । १ बर्षदेखि मलेसिया रोजगारी बन्द भएपछी मलेसिया स्थित कम्पनीहरुले नेपालको विकल्प सोच्न थालेको बुझिएको छ । नेपालीको कोटा नगुम्ने बताईरहँदा कामदार अभावले मलेसियाका कम्पनीहरुलाई समस्या पर्न थालेपछि केहि कम्पनीहरुले आफ्नो समस्या समाधानको लागि नेपाली कामदारको विकल्पमा म्यानमारबाट कामदार लिन सुरु गरिसकेको पाइएको छ । 

नेपाली कामदार समस्याको कारण कतिपय कम्पनीले डबल सिफ्ट गरेर भएपनि नेपाली कामदार मलेसिया ल्याउन पाउने आशामा रहँदा लामो समयदेखि नेपाली कामदार ल्याउन सक्ने/नसक्ने अन्यौलता भएपछि बिकल्पको प्रयासहरु भएको मलेसियाका संचार माध्यमहरुले समाचार लेखेका छन् । मलेसिया सरकारले नेपालबाट कामदार लिन गम्भीर बनेको बताइएको भए पनि बिबिध कारण नेपाली कामदार मलेसिया जान पाउने/नपाउने अन्यौल छ । नेपाल स्थित म्यानपावर व्यवसायीहरुले मलेसिया खुलाउने बिषयमा बिभिन्न प्रयासहरु गरेको भए पनि त्यसले सरकारी स्तरमा कुनै दवाब परेको छैन । 

गएको जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्दप्रायः नै छ । मलेसियाको प्रमुख ‘सोर्स कन्ट्री’ रहेको नेपालबाट सरकारले यथाअवस्थामा कामदार लैजान प्रतिबन्ध लगाएपछि मलेसियाको श्रम बजारमा समेत कामदारको अभाव खड्किएको छ । कामदारको अभाव खड्किरहँदा नेपाली कामदारकै कारण कम्पनि बन्द गर्न नसक्ने भन्दै बिकल्प खोज्न ठूला कम्पनीहरुले सरकारी स्तरलाई दवाब दिन थालेका छन् । नेपाली कामदार पठाउन रोकेपछी मुख्यतः सेक्युरिटी गार्डको काममा मलेसियामा चरम कामदार अभाव रहेको छ, जसका कारण पछिल्ला दिनमा अवैधानिक नेपाली कामदारलाई सेक्युरिटी गार्डका रूपमा समेत काममा लगाउन थालिएको छ । 

गत जेठ २ गते श्रममन्त्री गोकर्ण विष्टले नेपाली कामदारहरुले चर्को शुल्क तिरेर मलेसिया जानुपरेको भन्दै नेपालमा सञ्चालनमा रहेका ‘मिडल म्यान’ संस्था तथा यसका प्रक्रियाहरुलाई एकतर्फीरूपमा खारेज गरेका थिए । त्यो निर्णयसँगै मलेसियाको रोजगारी बन्द भएको छ । 

मलेसिया रोजगारीमा जान चाहने नेपालीहरुले प्रतिव्यक्ति कम्तीमा एक लाख रूपैयाँ तिर्नुपरिरहेको अवस्थामा श्रम मन्त्रीको निर्णय पछि मलेसियासँग नेपालले अर्को सरकारी स्तरको सम्झौता गरेको थियो । नेपालले कामदार पठाउन बन्द गरेपछि त्यसको ५ महिनापछि अर्थात् कात्तिक १२ गते नेपाल र मलेसिया सरकारबीच नेपाली कामदारलाई लाग्ने सम्पूर्ण खर्च मलेसियास्थित रोजगारदाता कम्पनीबाट बेहोर्ने तथा मलेसियन नागरिकसरह तलब र अन्य सुविधा उपलब्ध गराउने गरी एमओयु भएको थियो । यद्यपि त्यो एमओयू अझै कार्यान्वयनमा आइसकेको छैन । 

मलेसियाको कानुनी आधारमा सेक्युरिटी सेक्टरमा मलेसियाली र नेपालीबाहेक अन्य देशकालाई अनुमति नभएपछी त्यसलाई परिमार्जन गर्न कम्पनीहरुले इच्छा व्यक्त गरेका छन् । कानुनले नै मलेसियाबाट वा नेपालबाट मात्र सेक्युरिटी गार्ड लिन पाउने प्रावधान रहेको तर मलेसियाका नागरिक सेक्युरिटी गार्डमा काम गर्न झंजट मान्ने हुँदा नेपाली कामदारले मलेसियामा सेक्युरिटी गार्डमा काम पाउने गरेका छन् । 

सेक्युरिटी कम्पनी चलाएका कम्पनीहरुमा धेरैभन्दा धेरै नेपाली सेक्युरिटी गार्डको माग छ । तर नेपालबाट कामदार मलेसिया आउने क्रम रोकिदा नेपालसँग भएको पछिल्लो सम्झौता मान्न तयार रहेको त्यस्ता कम्पनीहरुको इच्छा छ । मलेसियाका अन्य क्षेत्रमा भने नेपाली बाहेक अन्य देशबाट कामदार लिन सुरु गरिसकेको बताइएको छ । 

काठमाडौँ स्थित मलेसिया रोजगारीमा पठाउन सक्रिय रहेका केहि म्यानपावर स्रोतले मलेसियाले नेपालको विकल्प खोज्न सुरु गरिसकेको स्वीकारे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित