२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा ‘लकडाउन’को अवधि दुई हप्ता थपियो, अप्रिल १४ गतेसम्म घरबाहिर निस्कन नपाईने

१२ चैत्र २०७६, बुधबार ०७:५५

चैत १२, काठमाडौं । मलेसिया सरकारले आगामी अप्रिल १४ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । यसअघि मार्च ३१ गतेसम्म तोकिएको लकडाउनको अवधि कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि अप्रिल १४ गतेसम्म समय थपिएको हो ।

मलेसियाका प्रधानमन्त्री तनश्री मुहिद्धिन यसिनले राष्ट्रिय सुरक्षा परिषद र स्वास्थ्य मन्त्रालयसँगको ब्रिफिङपछि लकडाउन अवधि थप गर्ने निर्णय लिएको मलेसियास्थित संचार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री यसिनले त्यहाँका नागरिकलाई यो लामो समय घरमै बस्न मानसिक र शारीरिक हिसाबले तयार रहन पनि आग्रह गरेका छन्  । 

मलेसियामा पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएको छ । हिजो एकै दिनमा मात्र एकसय ७२ नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । बुधबार नेपाली समय १ बजेसम्म मलेसियामा १७ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनाकै कारण १७ जनाले ज्यान गुमाइसकेका छन् । 

वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपालीलाई केही समस्या भएमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न मलेसियास्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य