२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट आउनेलाई क्वारेन्टिन राख्ने होटलको मापदण्ड तयार, के के छन् सुविधा ?

१० भाद्र २०७७, बुधबार ०७:५०

भदौ १०, काठमाडौँ । सरकारले विदेशबाट आउने नेपालीलाई क्वारेन्टिनमा राख्न प्रयोग हुने होटलका लागि न्यूनतम मापदण्ड  तयार गरेको छ। विदेशबाट उद्धार गरिएको व्यक्ति कम्तिमा पनि एक साता आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएसंगै क्वारेन्टिन राख्ने होटलको मापदण्ड तयार गरिएको हो । 

मापदण्ड अनुसार क्वारेन्टिनका रुपमा प्रयोग हुने होटल कम्तीमा २० वटा कोठा भएको हुनुपर्नेछ। होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न मिल्ने हुनु पर्नेछ। हवाई यात्रुका लागि सेवा प्रदान गर्न खाना, पानी अन्य लजिस्टिक सपोर्ट र स्वाब परीक्षणका लागि नमुना संकलनको लागि खुल्ला ठाउँ पनि भएको हुनु पर्ने छ।

होटलमा टीभी, वाईफाई, अट्याच बाथरुम, नुहाउन तथा पिउन तातो पानीको व्यवस्था भएको हुनुपर्ने छ। त्यस्तै, होटलमा खाना खाने तथा अन्य सेवा कोठा तथा प्यासेजमा मात्रै गर्न पाइने छ। प्रत्येक कक्षमा साबुन पानी र स्यानिटाइजर हुनु पर्ने तर होटलले प्रदान गर्ने सामूहिक खाना, जिम, साउना, इन्डोर तथा आउटडोर खेलहरु बन्द गर्नु पर्नेछ। प्रत्येक कोठामा एक हप्तासम्म पुग्ने गरी साबुन, टुथपेस्ट, ब्रस, ह्यान्डवास र टावेल पहिले नै राख्नु पर्नेछ। 

होटलमा क्वारेन्टिनका रुपमा सात दिनसम्म बस्दा तिर्नु पर्ने शुल्क पनि सरकारले तोकेको छ। इकोनोमी पर्यटकस्तरका होटलमा सात रात र आठ दिनका लागि दुई जना बस्ने कोठाको प्रतिव्यक्ति ११ हजार र एक जना बस्ने कोठाको १७ हजार ५ सय रुपैयाँ मात्र लिन पाउने व्यवस्था छ।

यो अवधिभन्दा बढी बस्नु पर्नेका लागि दुई जना बस्ने कोठामा प्रतिव्यक्ति दिनको १ हजार ५ सय र एक जना बस्ने कोठाका लागि २ हजार ५ सय रुपैयाँ मात्रै लिन पाउने मापदण्ड बनाइएको छ।

यस्तै स्टार/बुटिक होटलमा एक जना बस्ने कोठाका लागि दैनिक ४ हजार रुपैयाँ र दुई जना बस्ने कोठाका लागि दैनिक २ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ।

एयरपोर्टबाट होल्डिङ सेन्टर र होटलसम्म पुर्याउने यातायातको व्यवस्था पनि होटलले नै गर्नुपर्नेछ, तर थप शुल्क लिन पाइने छैन। हवाई यात्राबाट आउने यात्रुले होटल भौचर साथमा लिएर आउनु पर्नेछ। इकोनोमी/पर्यटकस्तर होटलका लागि हरियो, स्टार/बुटिक होटलका लागि नीलो र तीन तारे वा सोभन्दा माथिका होटलका लागि होटलको स्तर र एक जना वा दुई जना बस्ने भन्ने खुलाएको बैजनी रंगको भौचर हुनु पर्नेछ।

होटललाई तिर्नु पर्ने शुल्क यात्रुले पहिले नै बुझाउनु पर्ने छ। यसको व्यवस्था वायु सेवा कम्पनीले नै मिलाउने गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशन दिएको छ। विमानस्थलबाट होटलसम्म कुन दिन कसले यात्रुलाई लैजाने भन्ने पनि तोकिएको छ। जस अनुसार चार दिन नेपाल होटल संघले र तीन दिन होटल व्यवसायी महासंघले यातायातको व्यवस्था गर्नेछन्। तीन तारे वा सोभन्दा माथिल्लो स्तरको होटलमा जान चाहनेका लागि पनि यी दुई संघले नै समन्वय गर्नुपर्नेछ।

विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्न ३५ सय बेड तयार, कुन होटलको कति तिर्नुपर्छ ? हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य