२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम स्वीकृति लिएपछि मात्रै टिकट लिन विभागको आग्रह, श्रम स्वीकृति हुन नसके जिम्मेवार नहुने

२०७७, १२ मंसिर शुक्रबार ११:५५

मंसिर १२, काठमाडौँ  | वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएपछि मात्रै टिकट लिन श्रमिकहरुलाई आग्रह गरेको छ | विभागले एक सूचना जारी गर्दै श्रम स्वीकृति नलिई टिकट लिएमा र स्वीकृति हुन नसकेमा कार्यालय जिम्मेवार नहुने बताएको हो |

नवीकरण गर्ने सेवाग्राहीको माग एवं चाप बढ्दै गएपछि १४ मंसिर देखि दैनिक ३०० टोकन जारी गरिने व्यवस्था गरिएको विभागले जनाएको छ | विभागका अनुसार,सेवाग्राहीहरु आज मेरो टिकट छ भनी टोकन अगाडि सार्न अनुरोध गर्ने गरिएकोले अब १४ गतेबाट कुनै पनि बहाना र व्यहोराबाट जारी टोकन अगाडि सार्ने कार्य पूर्ण रुपमा बन्द गरिएको छ |

 विभागले जारी गरेको सूचनामा भनेको छ,"सेवाग्राहीबाट आज मेरो टिकट छ भनी टोकन अगाडि सार्न अनुरोध गर्ने गरिएकोमा उहाँहरुलाई मार्का नपरोस् भन्नाका लागि सम्बन्धित शाखा एवम् वैदेशिक रोजगार विभागसँग समन्वय गरी टिकट, पि सि आर रिपोर्ट देखाउन लगाई र भिषा समाप्त हुनेका हकमा सो हेरी राखी जारी टोकन एक दिन पूर्व वा भोलीपल्ट विदा भए अर्को दिन ११ बजेसम्मको भए अघिल्लो दिन पारदर्शी रुपमा सारिदिने गरिएकोमा यस सम्बन्धमा कार्यालयको कार्य सम्पादनमा पश्न उठन जाने अबस्था रहेको छ |"

श्रम स्वीकृति नलिई टिकट लिएमा र स्वीकृति हुन नसकेमा कार्यालय जिम्मेवार नहुने सूचनाहरु जारी हुँदा पनि यो क्रम निरन्तर भएकाले विभाग जिम्मेवार नहुने बताएको हो | वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा श्रम स्वीकृति लिनु पर्ने व्यवस्था छ | कसैको श्रम स्वीकृतिको म्याद भए उडान गर्ने दिन कम्तिमा ९१ बाँकी रहेको हुनु पर्ने छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी