२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

२०७७, १६ मंसिर मंगलवार ०४:४५

मंसिर १६, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ | लिष्टमा नाम भएका सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउँदो शुक्रबार ०४ डिसेम्बर २०२० दमाममा अस्थायी कार्यालय सञ्चालन गरिने भएको हो |

ग्रिन सपिंग सेन्टर संगै रहेको मुगल रेस्टुरेन्ट दमाम (पुरानो अल खयाम रेस्टुरेन्ट)मा  शुक्रबार बिहान ८ बजे देखि आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने राजदूतावासले जनाएको छ | एक घण्टामा १० देखि १२ वटा मात्र राहदानी आवेदन संकलन गर्न सकिने हुँदा संलग्न लिष्टमा नाम भएकाहरूले आफ्नो सिरियल नम्बर बमोजिम आ-आफ्नो समयमा मात्र राहदानी आवेदन संकलन केन्द्रमा उपस्थित हुन् दुतावासले अनुरोध गरेको छ | त्यस्तै हदानी आवेदन संकलनका लागि आउँदा आवेदकहरू मात्र आउनुपर्ने छ |

यसअघि राजदूतावासले विभिन्न मितिमा जारी गरेका सूचनाको आधारमा अनलाइन फाराम भरी पठाएका सेवाग्राहीहरुको लिष्ट सार्वजनिक गरेको छ | राहदानी आवेदनका लागि आउँदा सक्कल राहदानी,राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति ल्याएर आउनुपर्ने जनाइएको छ | त्यस्तै नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) आवश्यक पर्ने छ | दूतावासका अनुसार,राहदानी दस्तुर साउदी रियाल- २००।– लाग्ने छ | हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।- शुल्क लाग्ने छ |

कोभिड-१९ को महामारी रहेका कारण राहदानी आवेदन फाराम संकलन गर्दा स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम संकलन गर्नुपर्ने भएको छ | 

राहदानी आवेदन संकलनका लागि आवेदन दिएकाहरुको नामावली हेर्नुहोस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी