२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

२०७७, २२ मंसिर सोमबार ०६:५४

मङ्सिर २२, काठमाडौं | कुवेतले आफ्ना मुलुकमा रहेका अवैध विदेशी नागरिकहरुलाई जरीवाना तिरेर वैधानिक हुने अवसर दिएको छ । यो अवसरको लागि  एक महिनाको समय दिइएको कुवेतस्थित नेपाली दुतावासले जनाएको छ । 

विगतमा अवैध विदेशी कामदार विदा गर्न पुनः एक पटक ‘क्लिन अफ दि कन्ट्री’ कार्यक्रम शुरु गरेको कुवेतले कोरोना भाइरस संक्रमण उत्कर्षमा रहेका बेला गत अप्रिल ३० सम्म देशमा रहेका अवैध विदेशी कामदारहरुलाई विना जरिवाना आममाफी दिई घर फर्काउने कार्यक्रम शुरु गरेको  थियो ।

कुवेतले यस पटक ३० दिनको समय दिएर डिसेम्बर १ तारेखदेखि वैधानिककरण हुन समय दिएको हो  । कुवेतले सन् २०२० को अक्टोबर ३१ सम्म १३ हजार अवैध आप्रवासीलाई स्वदेश फर्काएको बताएको छ । अझै कुवेतका विभिन्न डिपोर्टेसन सेन्टरमा अवैध हैसियतका विदेशी रहेको बताइएको छ । 

कुवेतले सन् २०१८ मा ३४ हजार र सन् २०१९ मा ४० हजार विदेशी कामदारलाई विभिन्न नियम उल्लंघन गरेको आरोपमा स्वदेश फर्काएको थियो । कुवेतमा ३ हजार नेपाली अवैध अवस्थामा रहेको अनुमान छ । शुरुमा ७ हजार अवैध नेपाली रहेको अनुमान गरिएकोमा कोरोना महामारीको संक्रमण २ हजार ९ सय नेपाली आममाफीको प्रक्रियामा सहभागी भई स्वदेश फर्किएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते