२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारका दुई कम्पनीले विदेशी श्रमिकको तलब दिएनन्, सरकारको वेवास्था

२०७७, २० पुष सोमबार ०६:१६

पुस २०, काठमाडौँ | कतारमा आप्रवासी श्रमिकहरुले महिनौंको तलब नपाउँदा सरकारले उनीहरुलाई न्यायदिन नसकेको मानव अधिकारवादी संस्था ह्यूमन राइट्स वाचले बताएको छ | उक्त संस्थाका अनुसार 

कतारका सरकारी अधिकारीहरुलाई उक्त बिषयमा जानकारी गराउँदा समेत सुनुवाई भएको छैन |

कतार सरकारले सन् २०१८ मा रोजगारदाताबाट तलव सुविधा पाउन नसकेका श्रमिकलाई तलव सुविधा दिने उदेश्यले वकर्स सपोर्ट एण्ड ईन्स्योरेन्स फण्डको स्थापना गरिएको थियो | तर श्रमिकहरुले उक्त संस्थाबाट पनि तलब पाउन नसकेको ह्यूमन राइट्स वाचले डिसेम्बरको अन्तिम साता प्रकाशित गरेको रिपोर्टमा उल्लेख छ |

संस्थाका मध्यपूर्व क्षेत्रमा कार्यरत महाम जाभेदले कतारका दुई कम्पनीबाट सयौं श्रमिकले लामो समयदेखि तलब पाउन नसकेको बताएका छन् | उनले भने, 'कतार सरकार आप्रवासी श्रमिकको अधिकार रक्षामा असफल भएको यो घटनाले पनि पुष्टि गरेको छ |'

कतार स्थित ईम्पेरियल ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनी (आइटीसीसी) मा कार्यरत कम्तीमा ४ सय श्रमिकले १० महिनादेखि तलब नपाएको भन्दै ह्यूमन राइट्स वाचले सन् २०२० सेप्टेवर २८ मा कतार सरकारलाई पत्र लेखेको थियो |

श्रमिकलाई तलब दिने व्यवस्था गर्न आग्रह गर्दा समेत सो क्रम जारी रहेको ह्यूमन राइट्स वाचले जनाएको छ | ति कम्पनीहरुले श्रमिकको तलब सन् २०१८ को सुरु देखिनै नदिएको गुनासो गरेका छन् | ह्यूमन राइट्स वाचको पत्रको प्रतिक्रया दिंदै कतार सरकारका सुचना अधिकारीले सो कम्पनीलाई श्रम मन्त्रालयले कालो सूचिमा राखेको र कारबाही गरिने बताएपनि हाल सम्म श्रमिकले तलब पाएका छैनन् |

त्यस्तै लालिबेला क्लिनिङ एण्ड सर्भिस नामको अर्को कम्पनीमा कार्यरत श्रमिकहरुले पनि तलब सुविधा नपाएको बताएका छन् | संस्थाका अनुसार, सो कम्पनीमा कार्यरतहरुले सन् २०२० को जुन महिनादेखि तलब सुविधा नपाएको श्रमिकले बताएका छन् |

वाचले उक्त बिषयमा पत्राचार गरिसकेको जनाएको छ | तर प्रतिक्रया भने आएको छैन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी