२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाग्यमानी चौधरी : ४ महिनामै बने तेश्रो पटक श्रममन्त्री

३१ बैशाख २०७८, शुक्रबार ०९:३३

वैशाख ३१, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा पुन: गौरीशंकर चौधरी नियुक्त भएका छन् । यसअघि श्रम मन्त्रीकै जिम्मेवारीमा रहेका चौधरी पुन: तेश्रो पटक श्रम मन्त्रीमा नियुक्त भएका हुन् ।

बिहीबार प्रधानमन्त्रीमा पुन: नियुक्त भएका केपी शर्मा ओलीले मन्त्रिपरिषद गठन गरेसंगै श्रममन्त्री चौधरीले शुक्रबार सपथ लिएका छन् । चौधरी नेकपा माओवादी केन्द्र पार्टी छोडेर नेकपा एमाले पार्टी प्रवेश गरेका थिए । माओवादी पार्टी छोडेसंगै उनको सांसद पद गुमेको थियो । सो पश्च्यात यसअघि प्रधानमन्त्री ओलीले पुन: चौधरीलाई नै श्रममन्त्रीमा नियुक्त गरेका थिए । संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।

२७ वैशाखमा प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए । तर राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयमा कसैको दावी नपरेपछि संविधानको धारा ७६ (३) अनुसार ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनःप्रधानमन्त्री नियुक्त भएका हुन् । सोहि अनुसार आज मन्त्रिमण्डल विस्तार भएको हो ।

प्रधानमन्त्री ओलीले संसद भंग गरेपछि त्यसमा असहमति जनाउदै श्रम मन्त्री रामेश्वर राय यादब लगायत सात जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। रिक्त स्थानमा गत पुस १० गते नयाँ मन्त्रीहरु नियुक्त भएका थिए । सो बेला मन्त्री र राज्य मन्त्री गरी ९ जना थपिंदा बहालवाला दुई मन्त्री भनें हटाइएका थिए । सो बेला हेरफेर गरिएको मन्त्री मण्डलमा कैलालीका गौरीशंकर चौधरी श्रम मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो