२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि कतार भिसा सेन्टर खुल्यो, दैनिक कति जनाको काम हुन्छ ?

२४ जेष्ठ २०७८, सोमबार ०१:५५

जेठ २४, काठमाडौँ | कोरोना संक्रमण फैलिदै गएपछि बन्द भएको नेपाल स्थित कतार भिसा सेन्टर आजदेखि खुल्ने भएको छ । नेपाल र कतारबीच हवाई सेवा सुरु भएसंगै काठमाडौँ स्थित कतार भिसा सेन्टर खुल्ने भएको हो । 

कतार भिसा सेन्टरले समेत आजदेखि कार्यालयको अप्रेशन र अपोइन्टमेन्ट खुलेको जानकारी गराईसकेको छ । भिसा सेन्टरका अनुसार आज र भोली दैनिक ५० जनाको र जुन ९ देखि हरेक दिन २०० जनाको दरले काम हुने जनाएको छ । 

नेपाल स्थित कतार भिसा सेन्टरले कतारमा वैदेसिक रोजगारमा जाने नेपाली कामदारहरुको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठाछापको सेवा दिंदै आएको छ । त्यस्तै सेन्टरमा कतार जाने नेपाली कामदारको सक्कली करारपत्रमा हस्ताक्षरको प्रक्रिया गर्न सकिन्छ । 


तस्वीर: अनिल अधिकारी | सास

यसको अलावा कतार भिसा सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका काम नेपालबाट पुरा गर्न सकिन्छ । जसको कारण नेपालीहरुले कतारमा पुग्नासाथ कतार आइडी प्राप्त गर्न सक्दछन्  । 

कतार भिसा सेन्टरबाट निःशुल्क सेवा पाइन्छ । बायोमेट्रिक र स्वास्थ्य परीक्षण गर्दा लाग्ने शुल्क रोजगारदाताले नै कतारको मिनिस्ट्री अफ इन्टेरियरलाई तिरिदिएको हुने हुनाले कतार भिसा सेन्टरले दिने सेवा निशुल्क हुन्छ । साथै भिसा सेन्टरबाट वैदेशिक रोजगारमा जानेहरुले कतारमा पाउने सेवा सुविधा सहितको करार सम्झौताबारे सेन्टरबाटै जानकारी पाइन्छ ।

पछिल्लो समय केहि म्यानपावर कम्पनी तथा कतार पठाउने  एजेन्टहरुले कतारमा वैदेशिक रोजगारीमा पठाउने क्रममा कतार भिषा सेन्टरमा छुट्टै पैसा तिर्नुपर्ने भन्दै कामदारसँग अशुली मागेको वैदेशिक रोजगार एप मार्फत गुनाशो बढेको छ । सेन्टरले नेपाली कामदारसंग कुनै आर्थिक अशुली नगर्ने स्पष्ट पार्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो