२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार: अभिमुखीकरण तालिम लिनेहरु खचाखच भरिएपछि विभागको ध्यानाकर्षण

२६ जेष्ठ २०७८, बुधबार १५:२८

जेठ २६, काठमाडौँ | वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार अन्तर्गत अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुको ध्यानाकर्षण गराएको छ । कोरोना महामारीको समयमा स्वास्थ्य मापदण्डको ख्याल नगरी केहि संस्थाहरुले अभिमुखीकरण तालिम कक्षा संचालन गरेको भन्दै विभागले ध्यानाकर्षण गराएको हो । 

बिभागका शाखा अधिकृत मात्रिका सापकोटाद्वारा हस्ताक्षर भएको सूचना अनुसार कोरोना महामारीको समयमा कोभिड १९ फैलन नदिन स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सचेत गराइएको छ । सापकोटाका अनुसार केहि दिन यता केहि अभिमुखीकरण संस्थाहरुले सामान्य समयमा झैँ ठूलो संख्यामा युवाहरुलाई तालिममा सहभागी गराएको पाइएको बताएका छन् । यसै सम्बन्धमा ध्यानाकर्षण गर्दै वैदेशिक रोजगारमा प्रस्थान पूर्वको अभिमुखीकरण तालिम प्रदायक संस्थाहरु सबैलाई विभागले सचेत गराएको हो । 

बिभागद्वारा जारी सूचनामा भनिएको छ 'हालको अवस्थामा कतिपय इजाजतपत्रवाला संस्थाहरुले जनस्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना नगरी अभिमुखिकरण तालिम कक्षा संचालन गरिरहेको विषयमा बिभागको ध्यानाकर्षण भएको व्यहोरा जानकारी गराइन्छ । उक्त सम्बन्धमा विभागले थप निगरानी तथा छानवीन गर्ने व्यहोरा समेत सबैलाई सूचित गरिन्छ ।'

बिभागले यस सम्बन्धमा अहिले वैदेशिक रोजगार अभिमुखिकरण तालिम दिन हतार नगर्न भन्दै यस सम्बन्धमा थप स्पष्टिकरण दिएको छ 'हाल वैदेशिक रोजगार विभागले अनलाइन मार्फत हुने पुन: श्रम स्वीकृति सम्बन्धि सेवा सुचारु राखेको र सो बाहेक अत्यावश्यक परेकाहरुको हकमा अत्यन्तै सिमित मात्र नयाँ श्रम स्वीकृति सम्बन्धि सेवा प्रवाह शुरु गरेको छ ।' 

पछिल्लो समय कोरोनाको कारण निषेधाज्ञा जारी नै रहेको, उडानहरु सामान्य बेलामा जस्तो खुलिनसकेको र वैदेशिक रोजगारमा तत्कालै गइहाल्न पाइने अवस्था समेत नरहेको भन्दै बिभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुलाई स्वास्थ्य मापदण्डको पूर्ण रुपमा ख्याल गर्न, सामान्य अवस्थामा झैँ ठूलो समूहमा राखेर तालिम नदिन सचेत गराएको छ ।

बिभागका शाखा अधिकृत मात्रिका सापकोटाले साझा सबाललाई भने 'सामान्य अवस्थामा झैं खचाखच भरेर तालिम दिएको पाइएको छ, निषेधाज्ञा जारीनै रहेको र सिमितले मात्र वैदेशिक रोजगारमा जान पाउने अवस्थामा हतार गर्नुपर्ने देखिदैन ।' सापकोटाले बहने 'यस्तो गम्भीर अवस्थामा अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुले एकै दिन ठूलो संख्यामा राखेर तालिम दिनु गैरजिम्मेवारी हो । कुन संस्थाके कति संख्यामा राखेर तालिम दिईरहेका छन् भन्ने दैनिक रेकर्ड बिभागले निगरानी गरिरहेको छ । स्वास्थ्य मापदण्डलाई ख्याल नै नगरी तालिम दिए बिभागले कारवाही गर्छ ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो