२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य मापदण्ड लागू गराउन आबुधाबीमा कडा नियम, के के छन् मापदण्ड

२०७८, २७ जेष्ठ बिहीबार १०:५९

जेठ २७, आबुधाबी । कोभिड महामारीको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले आबुधाबीले नयाँ मापदण्ड अगाडि ल्याएको छ। सो मापदण्डअनुसार यहाँका बासिन्दासँग ‘अल्होसन एप’ मा ‘ग्रीन पास’ अनिवार्य देखिनु पर्नेछ।

आबुधाबीको आपतकालीन,संकट तथा विपद् व्यवस्थापन समितिले यो मापदण्ड १६ वर्ष र सोभन्दा माथिका व्यक्तिको लागि लागू हुने बताएको छ। १५ जुन, मङ्गलबारदेखि लागू हुने उक्त मापदण्ड अनुसार सपिङ मल, सुपरमार्केट, जिम,होटल, सार्वजनिक पार्क, सार्वजनिक तथा नीजि समुद्री किनार, स्विमिङ पुल, मनोरञ्जन केन्द्र, सिनेमा हल, सङ्ग्रहालय तथा रेस्टुरेन्ट र क्याफेमा प्रवेश गर्नको लागि आबुधाबीका बासिन्दासँग उनीहरूको ‘अल्होसन एप मा ‘ग्रीन पास’ (हरियो संकेत) अनिवार्यरुपमा हुनुपर्नेछ।

कोभिड विरुद्धको खोप प्राप्त गरेको अवस्था र पीसीआर परीक्षणको नतिजाको आधारमा उक्त एपमा ‘ग्रीन पास’ सक्रिय हुने बताइएको छ। जसअनुसार कोभिड विरुद्धको खोपको दोस्रो मात्रा समेत २८ दिन पहिले लगाइसकेका र पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ भएका व्यक्तिहरूको ‘अल्होसन एप’ मा ३० दिनसम्मको लागि ‘ग्रीन पास’ को साथमा सक्रिय संकेत ‘इ’ वा ‘गोल्डस्टार’ ७ दिन सम्मका लागि देखिनेछ।

त्यस्तै, खोपको दोस्रो मात्रा समेत २८ दिन वा सोभन्दा कम समय पहिले मात्र प्राप्त गरेको र पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ भएका व्यक्तिहरूको अल्होसन स्थिति १४ दिनसम्मका लागि ‘ग्रीन’ देखिनेछ भने खोपको पहिलो मात्रा मात्र लगाई दोस्रो मात्राको प्रतिक्षामा रहेका र पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ प्राप्त व्यक्तिको लागि सात दिनसम्मका लागि मात्र सो एपमा ‘ग्रीन’ देखिनेछ।

त्यसैगरी,त्यस्ता व्यक्ति जसले कोभिड विरुद्धको खोपको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउनको लागि ४८ दिन वा सोभन्दा बढी समयले ढिला भइसकेका तर, हाललाई पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ आएका व्यक्तिलाई उनीहरूको एपमा तीनदिनसम्मका लागि ‘ग्रीन स्टेट’ देखिनेछ।

अनुमोदित प्रक्रियाहरु पालना गर्दै साथमा खोप छुट प्रमाणपत्र भएका र पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ आएका व्यक्तिको अल्होसन स्थिति सात दिनसम्मका लागि ‘ग्रीन’ देखिनेछ। कोभिड विरुद्धको खोप नलिएका तर, हाल पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ प्राप्त व्यक्तिको हकमा भने सो एपले तीनदिनसम्मका लागि मात्र ‘ग्रीन’ संकेत देखाउनेछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित