२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य मापदण्ड लागू गराउन आबुधाबीमा कडा नियम, के के छन् मापदण्ड

२७ जेष्ठ २०७८, बिहीबार १०:५९

जेठ २७, आबुधाबी । कोभिड महामारीको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले आबुधाबीले नयाँ मापदण्ड अगाडि ल्याएको छ। सो मापदण्डअनुसार यहाँका बासिन्दासँग ‘अल्होसन एप’ मा ‘ग्रीन पास’ अनिवार्य देखिनु पर्नेछ।

आबुधाबीको आपतकालीन,संकट तथा विपद् व्यवस्थापन समितिले यो मापदण्ड १६ वर्ष र सोभन्दा माथिका व्यक्तिको लागि लागू हुने बताएको छ। १५ जुन, मङ्गलबारदेखि लागू हुने उक्त मापदण्ड अनुसार सपिङ मल, सुपरमार्केट, जिम,होटल, सार्वजनिक पार्क, सार्वजनिक तथा नीजि समुद्री किनार, स्विमिङ पुल, मनोरञ्जन केन्द्र, सिनेमा हल, सङ्ग्रहालय तथा रेस्टुरेन्ट र क्याफेमा प्रवेश गर्नको लागि आबुधाबीका बासिन्दासँग उनीहरूको ‘अल्होसन एप मा ‘ग्रीन पास’ (हरियो संकेत) अनिवार्यरुपमा हुनुपर्नेछ।

कोभिड विरुद्धको खोप प्राप्त गरेको अवस्था र पीसीआर परीक्षणको नतिजाको आधारमा उक्त एपमा ‘ग्रीन पास’ सक्रिय हुने बताइएको छ। जसअनुसार कोभिड विरुद्धको खोपको दोस्रो मात्रा समेत २८ दिन पहिले लगाइसकेका र पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ भएका व्यक्तिहरूको ‘अल्होसन एप’ मा ३० दिनसम्मको लागि ‘ग्रीन पास’ को साथमा सक्रिय संकेत ‘इ’ वा ‘गोल्डस्टार’ ७ दिन सम्मका लागि देखिनेछ।

त्यस्तै, खोपको दोस्रो मात्रा समेत २८ दिन वा सोभन्दा कम समय पहिले मात्र प्राप्त गरेको र पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ भएका व्यक्तिहरूको अल्होसन स्थिति १४ दिनसम्मका लागि ‘ग्रीन’ देखिनेछ भने खोपको पहिलो मात्रा मात्र लगाई दोस्रो मात्राको प्रतिक्षामा रहेका र पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ प्राप्त व्यक्तिको लागि सात दिनसम्मका लागि मात्र सो एपमा ‘ग्रीन’ देखिनेछ।

त्यसैगरी,त्यस्ता व्यक्ति जसले कोभिड विरुद्धको खोपको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउनको लागि ४८ दिन वा सोभन्दा बढी समयले ढिला भइसकेका तर, हाललाई पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ आएका व्यक्तिलाई उनीहरूको एपमा तीनदिनसम्मका लागि ‘ग्रीन स्टेट’ देखिनेछ।

अनुमोदित प्रक्रियाहरु पालना गर्दै साथमा खोप छुट प्रमाणपत्र भएका र पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ आएका व्यक्तिको अल्होसन स्थिति सात दिनसम्मका लागि ‘ग्रीन’ देखिनेछ। कोभिड विरुद्धको खोप नलिएका तर, हाल पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ प्राप्त व्यक्तिको हकमा भने सो एपले तीनदिनसम्मका लागि मात्र ‘ग्रीन’ संकेत देखाउनेछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो