२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुल्गेरिया जान पाइने आशामा युवाहरु ठगिए, पासपोर्ट र पैसा फिर्ता भएन

३० जेष्ठ २०७८, आईतवार १०:०५

जेठ ३०, काठमाडौँ |  वैदेशिक रोजगारको लागि बुल्गेरिया पठाइदिने प्रलोभनमा पर्दा हेटौडाका तीन जना युवाहरु ठगिएका छन् । तनहुँ खैरेनीटार घर भएका लक्ष्मण पौडेलले आर्थिक रकम र सक्कल पासपोर्ट लिएर सम्पर्कमा समेत आउन नचाहेको पिडितहरुको गुनाशो छ । 

लामो समयदेखि आफूहरुलाई पौडेलले झुलाईरहेको पासपोर्ट र पैसा फिर्ता गर्न आग्रह गर्दा पनि नदिएको उनीहरुले गुनाशो गरेका छन् ।  पिडितहरुका अनुसार पौडेलले पुतलीसडक स्थित फर्स्ट इन्टरनेशनलमा काम गर्ने बताएर बुल्गेरियामा वैदेशिक रोजगारमा पठाईदिने प्रलोभन देखाएका थिए । फेसबुकमा पौडेल बाबु तथा लक्ष्मण पौडेल सहित तीन फरक आइडी प्रयोग गर्ने पौडेललाई पिडितहरुले २०७७ साउन १४ मा पैसा बुझाएको बताएका छन् । पैसा पठाएको प्रमाण दूई जनाको छ भने एक जनाको छैन । पिडितहरुले पौडेलको कामना सेवा विकाश बैंकमा पैसा जम्मा गरेर 'बैदेशिक रोजगार' प्रयोजन खुलाई प्रमाण सुरक्षित राखेको जनाएका छन् । 


पिडितहरुले पौडेलसँग वैदेशिक रोजगारमा पठाउन नसके आफ्नो पासपोर्ट फिर्ता दिन भन्दा सम्पर्कमा रहन नचाहेको बताएका छन् । तीन महिना अघि पिडितहरुले सम्पर्क गर्न नसकेपछि इमेल मार्फत आफ्नो गुनाशो पौडेललाई पोख्दा कुनै प्रतिक्रिया नआएको समेत बताएका छन् । पौडेलले सामाजिक संजालमा सक्रिय रहेर क्रोएसिया पठाईदिन्छु भन्दै आफूहरु जस्तै धेरैलाई झुलाईरहेको हुनसक्ने पिडितहरुले बताएका छन् ।


वैदेशिक रोजगारको लागि लामो समयदेखि झुल्दा आफूहरु समस्यामा परेको भन्दै पासपोर्ट समेत फिर्ता नदिंदा अन्यत्र मुलुक जान पनि नपाएको बताएका छन् । पिडितहरुले आफूहरुसँग भएको बिभिन्न प्रमाणको आधारमा बिभागमा उजुरी दिने तयारी गरेको बताएका छन् ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय संचालन गरेमा वा कसैलाई वैदेशिक रोजगारीमा लगाई दिन्छु भनि झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारमा लगाईदिने उदेश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जाना बापत असुल गराउने प्रावधान छ । साथै विदेश पठाईसकेको भए आउँदा-जाँदा लागेको खर्च समेत पिडितलाई तिराएर तीन देखि पाँच लाखसम्म जरिवाना र तीन देखि सात बर्षको कैद सजाय तोकिएको छ तर विदेश नपठाएको अवस्थामा भने पिडितलाई  त्यसको आधा सजाय हुने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो