२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुल्गेरिया जान पाइने आशामा युवाहरु ठगिए, पासपोर्ट र पैसा फिर्ता भएन

२०७८, ३० जेष्ठ आईतवार १०:०५

जेठ ३०, काठमाडौँ |  वैदेशिक रोजगारको लागि बुल्गेरिया पठाइदिने प्रलोभनमा पर्दा हेटौडाका तीन जना युवाहरु ठगिएका छन् । तनहुँ खैरेनीटार घर भएका लक्ष्मण पौडेलले आर्थिक रकम र सक्कल पासपोर्ट लिएर सम्पर्कमा समेत आउन नचाहेको पिडितहरुको गुनाशो छ । 

लामो समयदेखि आफूहरुलाई पौडेलले झुलाईरहेको पासपोर्ट र पैसा फिर्ता गर्न आग्रह गर्दा पनि नदिएको उनीहरुले गुनाशो गरेका छन् ।  पिडितहरुका अनुसार पौडेलले पुतलीसडक स्थित फर्स्ट इन्टरनेशनलमा काम गर्ने बताएर बुल्गेरियामा वैदेशिक रोजगारमा पठाईदिने प्रलोभन देखाएका थिए । फेसबुकमा पौडेल बाबु तथा लक्ष्मण पौडेल सहित तीन फरक आइडी प्रयोग गर्ने पौडेललाई पिडितहरुले २०७७ साउन १४ मा पैसा बुझाएको बताएका छन् । पैसा पठाएको प्रमाण दूई जनाको छ भने एक जनाको छैन । पिडितहरुले पौडेलको कामना सेवा विकाश बैंकमा पैसा जम्मा गरेर 'बैदेशिक रोजगार' प्रयोजन खुलाई प्रमाण सुरक्षित राखेको जनाएका छन् । 


पिडितहरुले पौडेलसँग वैदेशिक रोजगारमा पठाउन नसके आफ्नो पासपोर्ट फिर्ता दिन भन्दा सम्पर्कमा रहन नचाहेको बताएका छन् । तीन महिना अघि पिडितहरुले सम्पर्क गर्न नसकेपछि इमेल मार्फत आफ्नो गुनाशो पौडेललाई पोख्दा कुनै प्रतिक्रिया नआएको समेत बताएका छन् । पौडेलले सामाजिक संजालमा सक्रिय रहेर क्रोएसिया पठाईदिन्छु भन्दै आफूहरु जस्तै धेरैलाई झुलाईरहेको हुनसक्ने पिडितहरुले बताएका छन् ।


वैदेशिक रोजगारको लागि लामो समयदेखि झुल्दा आफूहरु समस्यामा परेको भन्दै पासपोर्ट समेत फिर्ता नदिंदा अन्यत्र मुलुक जान पनि नपाएको बताएका छन् । पिडितहरुले आफूहरुसँग भएको बिभिन्न प्रमाणको आधारमा बिभागमा उजुरी दिने तयारी गरेको बताएका छन् ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय संचालन गरेमा वा कसैलाई वैदेशिक रोजगारीमा लगाई दिन्छु भनि झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारमा लगाईदिने उदेश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जाना बापत असुल गराउने प्रावधान छ । साथै विदेश पठाईसकेको भए आउँदा-जाँदा लागेको खर्च समेत पिडितलाई तिराएर तीन देखि पाँच लाखसम्म जरिवाना र तीन देखि सात बर्षको कैद सजाय तोकिएको छ तर विदेश नपठाएको अवस्थामा भने पिडितलाई  त्यसको आधा सजाय हुने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल