२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा विदेशी श्रमिकको खोप शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने

१ असार २०७८, मंगलवार ०४:४८

असार १, काठमाडौं । मलेसियामा विदेशी श्रमिकको कोभिड १९ विरुद्दको खोपको शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने सरकारका एक बरिष्ठ मन्त्रीले बताएका छन् । श्रम क्षेत्रलाई लक्षित गरेर सुरु गरिने खोप अभियानमा खोपको शुल्क श्रमिकबाट नअसुलिने व्यवस्था गर्न सम्वन्धित सरकारी निकायलाई चनाखो बनाइनुपर्ने बरिष्ठ मन्त्री अजमिन अलीले बताएका हुन् ।

मलेसियाको अनलाइन द स्टारका अनुसार खोप नि:शुल्क भएपनि श्रम क्षेत्रका लागि शुल्क लाग्ने र सो रकम रोजगारदाताले नै व्यहोर्ने व्यवस्था गरिएको मन्त्री अलीले बताएका छन् । उनले खोप वापतको रकम श्रमिकबाट उठाउन नपाउने व्यवस्था कडाईपूर्वक लागु हुने पनि बताए । उनले दुई मात्रा नै खोप श्रमिकका लागि नि:शुल्क हुने पनि बताएका छन् । यसमा उद्योगीहरुको संगठनले पनि सहमति जनाएको बताएको समाचारमा जनाइएको छ ।

अन्तराष्ट्रिय व्यापार तथा उद्योग मन्त्री अजमिनले खोप अभियानलाई सहज रुपमा सञ्चालन गर्न प्रशासनिक खर्च वापतको शुल्क तिर्न उद्यागीहरु सहमत भएको जनाए । बुधवार देखि सेलेंगर, जोहर तथा पेनाङमा सुरु हुने नमुना खोप अभियानमा आफू पनि अनुगमनमा जानसक्ने उनले बताएका छन् । मलेसिया सरकारले श्रमिकका लागि खोप लगाउने रोजगारदाताले प्रति मात्रा ९० रिंगिट तिर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो