२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘श्रम रोजगार पत्रकारिता पुरस्कार’ स्थापना, पुरस्कारका लागि असार ३१ गतेसम्म आवेदन दिन पाइने

१ असार २०७८, मंगलवार ०६:५९

असार १, काठमाडौँ । श्रम आप्रवासनका क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रम रोजगार पत्रकार समूहले ‘श्रम रोजगार पत्रकारिता पुरस्कार’को स्थापना गरेको छ । अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)को साझेदारीमा पुरस्कारको स्थापना गरिएको समूहका अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिए ।

२०७७ पुस १७ देखि यही असार ३० गतेसम्म प्रकाशित, प्रशारित समाचार सामग्रीमध्येबाट उत्कृष्ट तीनवटा सामग्रीलाई पुस्कृत गरिने उनले बताए । प्रथम पुरस्कार स्वरूप नगद रु ३० हजार तथा प्रमाणपत्र, दोश्रो हुनेलाई नगद रु २० हजारसहित प्रमाणपत्र तथा तेश्रो हुनेलाई नगद रु १० हजारसहित प्रमाणपत्र प्रदान गरिने समुहले जनाएको छ ।

सो प्रतिस्पर्धामा सहभागी हुन ईच्छुक श्रम रोजगार विधामा क्रियाशील सञ्चारकर्मीले तोकिएको समयभित्र कुनैपनि सार्वजनिक सञ्चारमाध्यम (पत्रिपत्रिका/अनलाइन/रेडियो/टिभी)मा नेपाली वा अङ्ग्रेजी भाषामा प्रकाशित वा प्रशारित सामग्री समूहको ललितपुर महानगरपालिका–१० स्थित कार्यालय र समूहको इमेल  [email protected] मा पठाउनु पर्नेछ । उक्त सामग्री यही असार ३१ गते अपराह्न ५ बजेभित्र पठाइसक्नुपर्ने समूहले जनाएको छ । तोकिएको समयावधिपश्चात प्राप्त हुने आवेदनलाई मान्यता नदिइने जनाइएको छ ।

पुरस्कारका लागि प्राप्त सामग्रीको मूल्याङ्कनका लागि तीन सदस्यीय एक छुट्टै स्वतन्त्र निर्णयक समिति गठन गरिने र सो समितिमा श्रम आप्रवासनसम्बन्धी विज्ञ, वरिष्ठ सञ्चारकर्मीलगायत संलग्न रहने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । नेपाल वा विश्वको जुनसुकै मुलुकमा कार्यरत नेपाली सञ्चारकर्मी यस प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् । पुरस्कारका लागि प्रतिस्पर्धामा संलग्न गरिएको सामग्री मौलिक, खोज तथा अनुसन्धानमूलक, विश्लेषणात्मक र सिर्जनशील ढंगबाट प्रस्तुत गरिएको हुनुपर्ने समूहले जनाएको छ । 

वैदेशिक रोजगारको क्षेत्रमा विद्यमान समस्याको गहन विश्लेषण तथा समस्या समाधानको उपायसमेत समेटिएको सामग्रीलाई प्राथमिकता दिइने, यस्ता सामग्री प्राथमिक श्रोतमार्फत संकलन गरिएका सूचना, जानकारीमा आधारित हुनुपर्ने, कुनै प्रकाशित, प्रशारित सामग्रीलाई द्वितीय श्रोतको रूपमा सामग्रीमा प्रयोग गरिएको खण्डमा सोको बारेमा सम्बन्धित सामग्रीमा स्पष्टसँग खुलाइएको हुनुपर्ने मापदण्ड तोकिएको छ । 

उक्त सामग्री नेपालबाट हुने वैदेशिक रोजगारीको विषयमा केन्द्रित हुनुपर्नेछ । सो सामग्रीमा श्रम आप्रवासनको प्रक्रियामा हुने जोखिम र खतरालाई निरुत्साहित गर्ने, न्यायोचित भर्ना प्रक्रिया प्रक्रियाप्रति जागरूकता बढाउने र सुरक्षित श्रम आप्रवासनबाट हुने लाभका विषयवस्तु समेटिएको हुनुपर्ने समूहले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो