२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम तथा रोजगार कार्यालय वीरेन्द्रनगरबाट पनि पुन: श्रम स्वीकृति पाइने

१ असार २०७८, मंगलवार ०७:३४

असार १, काठमाडौँ । श्रम तथा रोजगार कार्यालय वीरेन्द्रनगर, सुर्खेतले प्रत्येक हप्ताको बुधबारका दिन पुनः श्रम स्वीकृतिको सेवा दिने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै असार ०१ गते देखि लागू हुनेगरी प्रत्येक बुधबार पुनः श्रम स्वीकृति दिने जनाएको छ ।

वैदेशिक रोजगार विभागको जेठ २६ गतेको निर्णय र जिल्ला प्रशासन कार्यालय सुर्खेतसँगको समन्वयमा २०७८ असार ०१ गते देखि लागू हुनेगरी प्रत्येक हप्ताको बुधबारका दिन पुनः श्रम स्वीकृतिको सेवा प्रदान गरिने कार्यालयले जनाएको छ । साथै यो व्यवस्था यसअघि बायोमेट्रिक नभएका सेवाग्राहीहरूका लागि मात्रै भएकाले यस अघि बायोमेट्रिक भएका सेवाग्राहीहरुले कार्यालयमा भौतिक रूपमा उपस्थित नभई अनलाइनबाट नै सेवा प्राप्त गर्नेगरी फाराम भर्नुहुन कार्यालयले अनुरोध गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को तीव्र संक्रमण र जोखिम नियन्त्रणलाई मध्येनजर गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा गत बैशाख १४ गते देखि लागू हुनेगरी निषेधाज्ञा जारी भएको थियो । सो पश्च्यात बैशाख १५ देखि श्रम कार्यालयबाट भौतिक रूपमा स्वयम् व्यक्ति उपस्थित भई पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्य स्थगन गरेको थियो ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूले तोकिएका स्वास्थ्य मापदण्डहरूको पूर्णरूपले पालना गर्नुपर्ने जनाइको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो