२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागले भन्यो ‘वार्षिक सय जना कामदार पठाएको प्रमाण सहित म्यानपावर नवीकरण गर्न आउनुस्’

२०७८, ४ असार शुक्रबार ०६:१७

असार ४, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसँग सम्बन्धि संस्थाहरूलाई असार मसान्तभित्र नवीकरण गर्नका लागि निवेदन आह्वान गरेको छ । विभागले वैदेशिक रोजगार सम्बन्धित प्रचलित कानून बमोजिम स्थापना भइ विभागबाट इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त रहेको म्यानपावर व्यवसायीहलाई असान्त मसान्तभित्रमा नवीकरण गर्न आह्वान गरेको हो ।

विभागका अनुसार वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ र सम्बन्धित निर्देशिका एवं कार्यविधि बमोजिम २०७८ असार मसान्तभित्र र सीपमुलक तालिम प्रदायक संस्थाहरूको हकमा असार १५ गतेभित्र सम्बन्धित कानूनमा उल्लेख भए बमोजिमको नवीकरण दस्तुर र तोकिएका कागजपत्रहरू संलग्न गरी नवीकरणका लागि निवेदन आह्वान गरिएको छ ।

जसमा इजाजत प्राप्त संस्था म्यानपावरहरूको हकमा संस्थाको निवेदन, अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाएको भर्पाइ वा आयकर दाखिला प्रमाण पेश गर्नुपर्ने जनाएको छ । साथै पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तिमा एक सय जना कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाणित हुने कागजात, अघिल्लो आवमा वैदेशिक रोजगारमा पठाएका कामदारको संस्था र अवस्था, ऐनको दफा ११ (ख) को व्यहोरा प्रमाणित हुने कागजात उल्लेख गरेको छ ।

त्यस्तै, नियमानुसारको नवीकरण दस्तुर बुझाएको भरपाई, विभागबाट प्राप्त इजाजतपत्रको प्रतिलिपी, नगद धारैटी र बैंक ग्यारेन्टीको प्रतिलिपी, कम्पनी अद्यावधिक भएको वा सो को प्रक्रिया शुरु गरिएको प्रमाणित हुनेका कागजात पेश गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित