२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभागले भन्यो ‘वार्षिक सय जना कामदार पठाएको प्रमाण सहित म्यानपावर नवीकरण गर्न आउनुस्’

४ असार २०७८, शुक्रबार ०६:१७

असार ४, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसँग सम्बन्धि संस्थाहरूलाई असार मसान्तभित्र नवीकरण गर्नका लागि निवेदन आह्वान गरेको छ । विभागले वैदेशिक रोजगार सम्बन्धित प्रचलित कानून बमोजिम स्थापना भइ विभागबाट इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त रहेको म्यानपावर व्यवसायीहलाई असान्त मसान्तभित्रमा नवीकरण गर्न आह्वान गरेको हो ।

विभागका अनुसार वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ र सम्बन्धित निर्देशिका एवं कार्यविधि बमोजिम २०७८ असार मसान्तभित्र र सीपमुलक तालिम प्रदायक संस्थाहरूको हकमा असार १५ गतेभित्र सम्बन्धित कानूनमा उल्लेख भए बमोजिमको नवीकरण दस्तुर र तोकिएका कागजपत्रहरू संलग्न गरी नवीकरणका लागि निवेदन आह्वान गरिएको छ ।

जसमा इजाजत प्राप्त संस्था म्यानपावरहरूको हकमा संस्थाको निवेदन, अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाएको भर्पाइ वा आयकर दाखिला प्रमाण पेश गर्नुपर्ने जनाएको छ । साथै पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तिमा एक सय जना कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाणित हुने कागजात, अघिल्लो आवमा वैदेशिक रोजगारमा पठाएका कामदारको संस्था र अवस्था, ऐनको दफा ११ (ख) को व्यहोरा प्रमाणित हुने कागजात उल्लेख गरेको छ ।

त्यस्तै, नियमानुसारको नवीकरण दस्तुर बुझाएको भरपाई, विभागबाट प्राप्त इजाजतपत्रको प्रतिलिपी, नगद धारैटी र बैंक ग्यारेन्टीको प्रतिलिपी, कम्पनी अद्यावधिक भएको वा सो को प्रक्रिया शुरु गरिएको प्रमाणित हुनेका कागजात पेश गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो