२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निषेधाज्ञापछि आज पहिलो साउदी उडान

२०७८, ७ असार सोमबार ०२:०५

असार ७, काठमाडौँ | निषेधाज्ञापछि पहिलो पटक आज साउदीको दम्मामको लागि हिमालय एयरलाइन्सले उडान भर्दैछ । यो उडान चार्टर्ड उडान हो ।

नागरिक उड्ययन प्राधिकरणले उडान अनुमति दिएसँगै आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको उडान बिहान ९:१५ बजे साउदी प्रस्थान गर्दैछ ।  त्यस्तै आजै उक्त उडान साउदीको दम्मामबाट बेलुका २०:१० बजे काठमाडौँ आईपुग्ने उडान तालिका छ । 

सरकारले यस अघिनै साउदी मलेसिया लगायत देशको उडान खोल्ने निर्णय गरेको थियो । तर मिति भने तोकिएको थिएन । आजै नियमित उडान अन्तर्गत कतार एयरवेज र नेपाल एयरलाइन्सको दुई उडान दोहाको लागि उड्दैछ । तालिका अनुसार आज कतार एयरवेजको उडान बिहान ११:०५ बजे काठमाडौँबाट उड्दैछ भने नेपाल एयरलाइन्सको उडान बेलुका २२:०० बजे उड्ने तालिका छ । 

त्यस्तै आज हिमालय एयरलाइन्सको चार्टर्ड उडान दोहाबाट विहान ९:०० बजे काठमाडौँ आईपुग्ने तालिकामा उल्लेख छ । सरकारले गत साता गरेको अन्तराष्ट्रिय उडान सम्बन्धि निर्णयमा सातामा दुई हजार भन्दा बढी नबढ्ने गरि विदेशबाट यात्रु ल्याउन पाइनेछ, यसै निर्णयलाई टेकेर अब उडान गर्न अनुमति पाइने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी