२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार्टर्ड उडानमा महँगो भाडा तिर्नुभयो ? बढी भाडा तिरेको प्रमाण सहित यसरी दिनुस् उजुरी

९ असार २०७८, बुधबार ०९:२५

असार ९, काठमाण्डौं।  सरकारले अन्तर्राष्ट्रिय चार्टर्ड हवाई उडानमा बढी भाडा तिरेर यात्रा गरेको भए मन्त्रालयलाई दिन सर्वसाधारण यात्रुसँग आहृवान गरेको छ । सरकारले निषेधाज्ञाको समयमा खुला गरेको चार्टर्ड उडानमा ट्राभल एजेन्सीले महंगो भाडा असुल गरेको गुनासो आएपछि छानविन समिति गठन गरेको थियो ।

छानविन समितिले एक सार्वजनिक सूचना प्रकाशित गर्दै सर्वसाधारणले २४ वैशाख २०७८ देखि अहिलेसम्म अन्तर्राष्ट्रिय चार्टर्ड उडानबाट यात्रा गरेका र महंगो भाडा तिरेका यात्रुलाई त्यसको प्रमाण (टिकट) उपलब्ध गराउन आग्रह गरेको हो ।

यात्रुले आफुसँग भएको टिकट समितिको वेवसाइट [email protected] मा इमेल गर्न सकिने भएको छ । समितिको फोन नम्बर ०१-४२६२३२६/४२६२४१६ मा फोन गरेर पनि आफ्नो प्रमाण प्रस्तुत गर्न सकिने भएको छ । सरकारले विदेशमा अलपत्र परेका वा नेपालबाट विदेश जाने यात्रुलाई लक्षित गरि चार्टर्ड उडानको अनुमति दिएको थियो । तर, यात्रुबाट ट्राभल एजेन्सीले अधिक भाडा असुल गरेको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति गठन गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको नेतृत्वमा छानविन समिति गठन भएको हो । समितिले आफ्नो प्रमाण दिने यात्रुको व्यक्तिगत पहिचान र विवरण गोप्य राख्ने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो