२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट ४ लाख ६६ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

२०७८, १० असार बिहीबार ०८:३७

असार १०, काठमाडौं । कोभिड-१९ को संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिएयता सरकारले सञ्चालन गरेको उद्दार तथा नियन्त्रीत संख्याको उडानबाट हालसम्म ४ लाख ६६ हजार ८ सय १ जना नेपाली नागरिक विभिन्न मुलुकबाट स्वदेश फर्केका छन् । कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले असार ९ गतेसम्ममा विभिन्न मुलुकबाट स्वदेश फर्केकाहरुको तथ्याङ्क सार्वजनिक गर्दै ति नेपालीको उद्दार गरिएको जनाएको छ ।

सिसिएमसीका अनुसार यसबीचमा सवैभन्दा धेरै संयुक्त अरव ईमिरेट्स (युएई) बाट नेपाली नागरिक स्वदेश फर्केका छन् । सो मुलुकबाट यसबीचमा १ लाख ४२ हजार ३ सय ९१ नेपाली स्वदेश फर्केका छन् । यसैगरी कतारबाट १ लाख १० हजार १ सय ४८ जना नेपाल फर्केका छन् ।

नेपाली श्रमिकको अर्को मुख्य गन्तव्य मुलुक मलेसियाबाट हालसम्ममा ४९ हजार ३ सय ५२ जना तथा साउदी अरवबाट ४२ हजार ८ सय ७ जना नेपाली स्वादेश फर्किएका छन् ।

कोभिड-१९ को संक्रमण तिव्र भएर नियमित उडान अवरुद्द भएयता कुवेतबाट २४ हजार २ सय ३ जना स्वदेश फर्किएका छन् । टर्की हुँदै १४ हजार ४ सय ७६ जना तथा जापानबाट १३ हजार ७ सय ६३ जना नेपाल आइपुगेका छन् । यसबीचमा भारतबाट ३८ हजार १७ जना स्वदेश फर्केको सिसिएमसीको तथ्याँक छ । यसैगरी ओमानबाट ५ हजार ५ सय १४ जना नेपाली स्वदेश आइपुगेका छन् ।

यसबीचमा सवैभन्दा कम सोमालियाबाट एकजना, ट्यूनिसिया, अर्मेनिया र चेकगणतन्त्रबाट २ २ जना तथा अष्ट्रियाबाट ३ जना नेपाल फर्केको सिसिएमसीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित