२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईबाट नेपाल आउने यात्रूहरुले पुरा गर्नुपर्छ यस्ता शर्त

१६ असार २०७८, बुधबार १४:४५

असार १६, काठमाडौँ | युएई स्थित नेपाली दुतावासले युएईबाट नेपाल जाने यात्रूहरुको लागि सूचना जारी गरेको छ । जारी सूचना अनुसार विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल जान चाहने यात्रुहरूले विभिन्न शर्तहरु पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना: 

विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल जान चाहने यात्रुहरूले निम्नानुसारका शर्त पूरा गरी यात्रा गर्न सकिने सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ-

१. फोटो एवं Barcode/QR Code सहितको पछिल्लो ७२ (बहत्तर)  घण्टाभित्रको कोभिड-१९ पि. सी. आर. (PCR) परीक्षणको नेगेटिभ रिपोर्ट हुनुपर्ने। 

२. कोभिड संकट व्यवस्थापन केन्द्रको वेबसाइटमा रहेको विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने फारम अनलाइनमा भरी प्राप्त हुने बारकोड प्रिन्ट गरी साथमै लिएर जानुपर्ने। उक्त फाराम तलको लिङ्कमा उपलब्ध छ।

https://ccmc.gov.np/arms/person_add.php

३. यसरी नेपाल जाने यात्रुहरूले आफ्नै खर्चमा ७ दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने। सूचीकृत होटलहरूको विवरण दूतावासको वेबसाइटमा राखिएको छ। 

४. कोभिड-१९ विरुद्धको खोपको मात्रा (दुवै डोज) पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ भएका यात्रुको हकमा भने अनिवार्य १० दिन स्व-क्वारेन्टिन (Self-quarantine) मा बस्ने गरी सीधै गन्तव्यस्थल जान दिन सकिने। 

५. अन्तिम संस्कार (काजक्रिया) मा सहभागी हुन जाने व्यक्तिलाई स्थानीय तह वा सिसिएमसिको सिफारिसको आधारमा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्ने गरी घर वा गन्तव्यमा जान अनुमति दिइने। 

६. अशक्त, दीर्घ रोगी, फरक क्षमता भएका व्यक्तिहरू र बिरामीसँगै जाने बढीमा दुई जनासम्म कुरुवाहरूलाई अस्पतालबाट जारी आधिकारिक कागजातका आधारमा कम्तीमा १० दिन होम क्वारेन्टिन वा अस्पतालमा पठाइने। 

७. त्यस्तै ७५ वर्षमाथिका ज्येष्ठ नागरिक वा ५ वर्ष मुनिका नाबालक र नाबालकसँगै आएका निजका आमा र बाबुको हकमा कम्तीमा १० दिन स्थानीय तहको अनुगमनमा होम क्वारेन्टिनमा बस्ने गरी पठाइने ।

८. माथि बुँदा नं. ५, ६ र ७ को प्रावधानबमोजिम होम-क्वारेन्टिनमा जानका लागि विमानस्थलमा गरिने Antigen परीक्षणको रिपोर्ट नेगेटिभ आउनुपर्ने । तर Antigen परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरूलाई आइसोलेशन सेन्टर वा अस्पतालमा पठाइने। Antigen परीक्षणको रिपोर्ट नेगेटिभ आइ होम-क्वारेन्टिनमा गएका यात्रुहरूले एघारैँ दिनमा पिसिआर परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने।

९. ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८’ को पूर्ण पाठ दूतावासको वेबसाइटमा राखिएको छ।

नेपाली राजदूतावास, 

अबुधाबी

२०७८ असार १६

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो