२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिट्को नवीकरणको लागि वैदेशिक रोजगार विभागले आवेदन माग्यो

२०७८, १८ असार शुक्रबार ०५:२६

असार १८, काठमाडौं । वैदेशिक रोजगार विभागले जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेशन अर्गनाइजेसन (जिट्को) अन्तर्गत प्रशिक्षार्थी कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीहरुलाई नवीकरण हुन एक महिनाको समय दिएको छ ।

विभागले जिट्को लाइसेन्स नवीकरण गर्नका लागि एक महिनाको समय दिएर बिहीबार सूचना सार्वजनिक गरेको छ । विभागले जिट्कोमा सूचीकृत म्यानपावर कम्पनीहरुले जुलाई ३१ अर्थात साउन १६ गतेभित्र निवेदन दिइसक्नुपर्ने बताएको छ ।

नवीकरण हुन चाहने म्यानपावर कम्पनीहरुले निवेदनका साथमा नवीकरण दस्तुर वापत दश हजार रुपैयाँ बुझाएको रसिद, अघिल्लो नवीकरण मिति खुलेको सूचीकरण प्रमाणपत्रको प्रतिलिपि, जिट्को मार्फत गत आर्थिक वर्ष २०७६/७७ मा कामदार पठाएको विवरण, आगामी आर्थिक वर्ष २०७८/०७९ वा सो भन्दा अगाडिका आर्थिक वर्षका लागि म्यानपावर नवीकरण भएको प्रमाणपत्र, बैंक ग्यारेन्टी र नगद धरौटी, कर चुक्ता प्रमाणपत्र, कम्पनी रजिष्ट्रारको कार्यालयमा गत आर्थिक वर्षसम्म अध्यावधिक भएको वा प्रक्रिया शुरु भएको प्रमाणित हुने कागजात पेश गर्न भनेको छ ।

म्यानपावर कम्पनीले प्रशिक्षार्थी कामदार जापान पठाउन पाउने भएपछि करिब साढे दुई सय म्यानपावर कम्पनी सूचीकृत भएका थिए । विभागमा सूचीकरण हुने तर जापानमा कामदार पठाउन नपाउने भएपछि धेरै म्यानपावर कम्पनीहरुले जिट्को तर्फको लाइसेन्स नवीकरण गराउन छोड्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित