२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियास्थित कम्पनीद्वारा नेपाली पूर्व-कामदारहरुलाई क्षेतिपूर्ति माग गर्न आव्हान

१८ असार २०७८, शुक्रबार १४:०४

असार १८, काठमाडौँ | मलेसिया स्थित एक ग्लब्स कम्पनीले आफ्नो कम्पनीमा काम गरेका नेपालीहरुलाई क्षतिपूर्ति माग गर्न आव्हान गरेको छ । मलेसियास्थित हार्तालेगा एनजीसी एसडीएन बिएचडी (Hartalega NGC Sdn, Bhd) ले पूर्व कामदारहरुको क्षेतिपूर्तिको प्रयत्न कार्यक्रम अन्तर्गत यो सूचना जारी गरेको हो । 

नेपालबाट मलेसियाको उक्त कम्पनीमा गएका कामदारहरुले कम्पनीमा जाँदा वा कम्पनीमा काम गर्ने क्रममा कुनै आर्थिक शोषण, जबर्जस्ति काममा लगाएको भए यो कार्यक्रम अन्तर्गत क्षतिपूर्ति दावी गर्न सक्नेछन् । कम्पनीले जारी गरेको सूचनामा भनिएको छ 'हामी कामदारलाई जबर्जस्ति काममा लगाउने र शोषणात्मक अभ्यासबाट मुक्त बनाउने उत्तरदायी कामदार भर्नाप्रति प्रतिबद्ध छौं ।'


कम्पनीको सूचना अनुसार कुनै पनि कामदारलाई कम्पनीले आफूलाई क्षतिपूर्ति दिन पर्छ भन्ने लाग्छ भने सम्बन्धित व्यक्तिले आफ्नो फोनबाट तलको QR कोड स्क्यान गरेर वा यो लिंक https://www.questionpro.com/t/APokuZnBjz मा गई भर्नाको शुल्क फिर्ताको लागि फारम भर्न सक्नेछन् । फारम भरेपछि सम्बन्धि कम्पनीले दावी क्षतिपूर्ति दिन योग्य ठानेमा सम्बन्धित व्यक्तिलाई फारम भरेको १५ कार्य दिन भित्र मोबाइल फोनमा सम्पर्क गर्ने जनाइएको छ । योग्यता नपुगेपनि म्यासेजबाट जानकारी पाइनेछ ।

यो कार्यक्रम अन्तर्गत नेपालबाट वैदेशिक रोजगारमा जाने क्रममा म्यानपावर एजेन्ट, सवएजेन्ट वा दलालहरुले कामदारहरुसँग आर्थिक असुलेको भए उनिहरुले पैसा फिर्ता पाउने छन् । फारम भर्न करिव ८ मिनेट जति लाग्ने जनाइएको छ । फारममा आफ्नो व्यक्तिगत विवरणहरु सजिलै भर्न सकिन्छ । 

मलेसियाका ग्लोब्स कम्पनीहरुले कामदारको समस्यालाई मध्येनजर गर्दै आफ्नो कम्पनीको अडिट गराउने क्रममा यस्ता कार्यक्रम चलाउने गर्छन् । यस्ता कम्पनीमा गएकाहरुले जाने क्रममा म्यानपावरले चर्को लागत लिएका छन् भने क्षतिपूर्ति पाउँछन् । साथै कामदारसँग पैसा अशुली गरेको प्रमाणित भए वा जाने अधिकांश कामदारले गुनाशो गरेको अवस्थामा समेत समिक्षा गरेर सम्बन्धित म्यानपावरलाई अर्को पटक डिमाण्डनै नदिनेसम्मको निर्णय गर्ने गरिन्छ । यस्ता कम्पनीमा कामदार पठाउने म्यानपावरहरुले सकेसम्म एजेन्टहरुको प्रयोग गर्दैनन्, गरेपनि कामदारबाट कुनै पैसा अशुली गर्न पाइदैन । कुनै कामदारसँग पैसा अशुली गरेको छ भने पनि कम्पनीले फिर्ता दिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो