२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियास्थित कम्पनीद्वारा नेपाली पूर्व-कामदारहरुलाई क्षेतिपूर्ति माग गर्न आव्हान

२०७८, १८ असार शुक्रबार १४:०४

असार १८, काठमाडौँ | मलेसिया स्थित एक ग्लब्स कम्पनीले आफ्नो कम्पनीमा काम गरेका नेपालीहरुलाई क्षतिपूर्ति माग गर्न आव्हान गरेको छ । मलेसियास्थित हार्तालेगा एनजीसी एसडीएन बिएचडी (Hartalega NGC Sdn, Bhd) ले पूर्व कामदारहरुको क्षेतिपूर्तिको प्रयत्न कार्यक्रम अन्तर्गत यो सूचना जारी गरेको हो । 

नेपालबाट मलेसियाको उक्त कम्पनीमा गएका कामदारहरुले कम्पनीमा जाँदा वा कम्पनीमा काम गर्ने क्रममा कुनै आर्थिक शोषण, जबर्जस्ति काममा लगाएको भए यो कार्यक्रम अन्तर्गत क्षतिपूर्ति दावी गर्न सक्नेछन् । कम्पनीले जारी गरेको सूचनामा भनिएको छ 'हामी कामदारलाई जबर्जस्ति काममा लगाउने र शोषणात्मक अभ्यासबाट मुक्त बनाउने उत्तरदायी कामदार भर्नाप्रति प्रतिबद्ध छौं ।'


कम्पनीको सूचना अनुसार कुनै पनि कामदारलाई कम्पनीले आफूलाई क्षतिपूर्ति दिन पर्छ भन्ने लाग्छ भने सम्बन्धित व्यक्तिले आफ्नो फोनबाट तलको QR कोड स्क्यान गरेर वा यो लिंक https://www.questionpro.com/t/APokuZnBjz मा गई भर्नाको शुल्क फिर्ताको लागि फारम भर्न सक्नेछन् । फारम भरेपछि सम्बन्धि कम्पनीले दावी क्षतिपूर्ति दिन योग्य ठानेमा सम्बन्धित व्यक्तिलाई फारम भरेको १५ कार्य दिन भित्र मोबाइल फोनमा सम्पर्क गर्ने जनाइएको छ । योग्यता नपुगेपनि म्यासेजबाट जानकारी पाइनेछ ।

यो कार्यक्रम अन्तर्गत नेपालबाट वैदेशिक रोजगारमा जाने क्रममा म्यानपावर एजेन्ट, सवएजेन्ट वा दलालहरुले कामदारहरुसँग आर्थिक असुलेको भए उनिहरुले पैसा फिर्ता पाउने छन् । फारम भर्न करिव ८ मिनेट जति लाग्ने जनाइएको छ । फारममा आफ्नो व्यक्तिगत विवरणहरु सजिलै भर्न सकिन्छ । 

मलेसियाका ग्लोब्स कम्पनीहरुले कामदारको समस्यालाई मध्येनजर गर्दै आफ्नो कम्पनीको अडिट गराउने क्रममा यस्ता कार्यक्रम चलाउने गर्छन् । यस्ता कम्पनीमा गएकाहरुले जाने क्रममा म्यानपावरले चर्को लागत लिएका छन् भने क्षतिपूर्ति पाउँछन् । साथै कामदारसँग पैसा अशुली गरेको प्रमाणित भए वा जाने अधिकांश कामदारले गुनाशो गरेको अवस्थामा समेत समिक्षा गरेर सम्बन्धित म्यानपावरलाई अर्को पटक डिमाण्डनै नदिनेसम्मको निर्णय गर्ने गरिन्छ । यस्ता कम्पनीमा कामदार पठाउने म्यानपावरहरुले सकेसम्म एजेन्टहरुको प्रयोग गर्दैनन्, गरेपनि कामदारबाट कुनै पैसा अशुली गर्न पाइदैन । कुनै कामदारसँग पैसा अशुली गरेको छ भने पनि कम्पनीले फिर्ता दिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल